पहिलो एकदिवसीय खेलमा भारत ६६ रनले विजयी

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत १० गते २२:३२
पहिलो एकदिवसीय खेलमा भारत ६६ रनले विजयी
PUNE, INDIA - MARCH 23: Bhuvneshwar Kumar of India celebrates with captain Virat Kohli after dismissing Adil Rashid of England during 1st One Day International between India and England at MCA Stadium on March 23, 2021 in Pune, India. (Photo by Surjeet Yadav/Getty Images)

तीन खेलको एकदिवसीय शृङ्खालको पहिलो खेलमा भारतले इङ्ल्याण्डलाई ६६ रनले पराजित गरेको छ । जीतसँगै भारतले शृङ्खालमा १–० अग्रता लिएको छ ।

टस हारेर पहिलो ब्याटिङ गर्दै भारतले ६ विकेटको क्षतिमा ३१७ रन बनाएको थियो । जवाफमा इङ्ग्ल्याण्ड मात्र ४२.१ ओभरमा २५१ रनमा समेटियो । एक समय इङ्ल्याण्डले बिना विकेटको क्षतिमा १३५ रन बनाएको थियो । जीतर्फ अघि बढिरहेको इङ्ल्याण्डलाई सस्तोमा समेट्न डेब्यू गरिरहेका प्रसिद्ध कृष्ण र शार्दूल ठाकुरले मिलेर ७ विकेट लिए । कृष्णाले ४ तथा शार्दूलले ३ विकेट लिए ।

योसँगै डेब्यू एकदिवसीय खेलमा ४ विकेट लिने कृष्णा पहिलो भारतीय खेलाडी बनेका छन् । यसअघि १६ भारतीय खेलाडीले डेब्यूमा ३–३ विकेट लिएका थिए । इङ्ल्याण्डका लागि जोनी बेयरस्टोले ६६ बलमा ९४ रन बनाए भने ओपनर जेसन रोयले ३५ बलमा ४६ रनको योगादन दिए ।

यसअघि भारतका लागि शिखर धवनले ९८ रन तथा कप्तान विराट कोहलीले ५६ रन बनाए । त्यस्तै, क्रुणाल पान्ड्याले ५८ तथा लोकेश राहुले ६२ रनको योगदान दिए । इङ्ल्याण्डका लागि बेन स्टोक्सले ३ तथा मार्क वुडले २ विकेट लिए ।

प्रकाशित : २०७७ चैत १० गते २२:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI