रू रू जलविद्युतको आईपीओ स्थानीयलाई बाँडफाँड, हेर्नुहोस नतिजा

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत ११ गते ५:५७
रू रू जलविद्युतको आईपीओ स्थानीयलाई बाँडफाँड, हेर्नुहोस नतिजा

प्रकाश भण्डारी, गैंडाकोट।

रू रू जलविद्युत परियोजना लिमिटेडले आयोजना प्रभावित स्थानियका लागि विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ ।

कम्पनीले तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई चैत ९ गते आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले फागुन ७ गतेदेखि २१ गतेसम्म पहिलो चरणमा आयोजना प्रभावित गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ६ र ७ का स्थानीयहरुका लागि प्रतिशेयर रू. १०० अंकित दरको ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ विक्री गरेको हो ।

यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो । आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

हाल संस्थापकहरुबाट मात्र चुक्ता भएको पूँजी रू. ३२ करोड ६१ लाख ६४ हजार ४०० रहेको छ । स्थानीय र आम सर्वसाधारणमा आईपीओ जारी पश्चात कम्पनीको चुक्तापूँजी रू.४० करोड ७७ लाख ५ हजार ५०० पुग्नेछ । कम्पनीले आम सर्वसाधारणका लागि पनि ४ लाख ७ हजार ७०६ कित्ता आईपीओ जारी गर्नेछ । स्थानिय सहित सर्वसाधारणमा रू. ४ करोड ७७ लाख ५ हजार ५०० बराबरको आईपीओ जारी गर्न कम्पनीले गत माघ २१ गतेनै बोर्डको स्वीकृति पाएको थियो ।

यस कम्पनीले गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा ५ मेगावाट क्षमताको रू रू जलविदुत परियोजना निर्माण गरि २०७१ साल चैत ९ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको छ ।

नतिजा हेर्नको लागि यहाँ क्लिक गर्नुहोस।

(रू रू जलविद्युत नतिजा)

 

 

प्रकाशित : २०७७ चैत ११ गते ५:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI