अंग्रेजी शिक्षकको अनलाइनमा आधारित तालिम सम्पन्न 

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत ११ गते १५:५९
अंग्रेजी शिक्षकको अनलाइनमा आधारित तालिम सम्पन्न 

कावासोती । कावासोती नगरपालिका र ब्रिटिश काउन्सिलको संयुक्त आयोजनामा कावासोती नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा कार्यरत अंग्रेजी शिक्षकहरुका लागि संचालित १५ दिने अनलाइन तालिम मंगलबार सम्पन्न भएको छ |

  तालिम यहि फागुन २५ गतेदेखि चैत्र १० गतेसम्म १५ दिन संचालन भएको थियो | विभिन्न विद्यालयमा कार्यरत करिब ९० जना अंग्रेजी शिक्षकहरुलाई ५ समुहमा विभाजन गरी विभिन्न विषय विज्ञहरुले तालिम प्रदान गर्नुभएको थियो | तालिम नितान्त पाठ्यवस्तुमा आधारित रहेर शिक्षकहरुले कक्षामा शिक्षण गर्दा भोग्न परेका समस्याहरुलाई समाधान गर्ने र शिक्षक तथा विद्यार्थीहरुबीच अंग्रेजी भाषाको प्रयोग वृद्धि गर्ने उद्देश्य तालिमले लिएको कावासोती नगरपालिकाका श्रोत शिक्षक तीर्थराज कंडेलले बताउनुभयो |

कंडेलकाअनुसार तालिम अधि क्याम्व्रिज विश्वविद्यालयले अंग्रेजी शिक्षकहरुको अनलाइन अंग्रेजी ल्याकत परीक्षा (बेसलाइन टेस्ट) लिएको थियो र सोही परीक्षाको नतिजाअनुसार शिक्षकहरुलाई विभिन्न समूहमा विभाजन गरी तालिम संचालन गरिएको थियो |

भाषाका चार वटै सीपहरु पढाई, लेखाइ, सुनाई र बोलाईलाई बराबर महत्व दिएर तालिम दिइएको र यस किसिमको तालिमले  शिक्षकहरुको भाषिक सुद्धतामा सुधार ल्याई शिक्षकलाई कक्षाकोठाका साथै अन्यत्र पनि अंग्रेजी बोल्न आत्मबल थपिदिएकोले यो तालिम अत्यन्तै फलदायी रहेको तालिममा सहभागी जनकल्याण मावि,कावासोती-१का शिक्षक लक्ष्मीप्रसाद पंगेनीले बताउनुभयो |

यसपछि अनलाइनमा समेट्न नसकिएका पक्षहरुलाई समेट्न तथा शिक्षकहरुको कक्षा शिक्षण अवलोकन गर्दै पृष्ठपोषण दिनकोको लागि केही दिनपछि ५ दिने प्रत्यक्ष भेटघाटमा आधारित तालिम संचालन हुने श्रोत शिक्षक कंडेलले जानकारी दिनुभयो |

प्रकाशित : २०७७ चैत ११ गते १५:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI