भारतबाट फर्किनेमा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत १२ गते ७:०९
भारतबाट फर्किनेमा कोरोना संक्रमण

काठमाडाैं, १२ चैत । भारतका विभिन्न राज्यमा कोरोना संक्रमण तीव्र बनेसँगै रोजगारीका लागि त्यहाँ पुगेका नेपालीहरू धमाधम घर फर्कन थालेका छन् । यसरी फर्कनेमा संक्रमितसमेत छन् । स्वदेश भित्रिने क्रममा गौरीफन्टा नाकामा स्वास्थ्य परीक्षण गर्दा पछिल्लो दुई दिनमा १४ जनामा संक्रमण पुष्टि भएको नाकास्थित हेल्थ डेस्कमा खटिएका स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी अमित विकले बताए ।

अघिल्लो वर्ष यही समयमा संक्रमणको त्रासले घर फर्किएकाहरू आर्थिक जोहो गर्न जोखिमका बीच फेरि भारततिर लागेका थिए । अहिले भारतमा पुन: पहिलेकै जस्तो अवस्था दोहोरिन थालेपछि उनीहरू धमाधम घर फर्कन थालेका हुन् । ‘उनीहरूसँगै कोरोना पनि भित्रिने डर भयो,’ विकले भने, ‘मंगलबार ६ जनामा पोजिटिभ देखियो, बुधबार

८ जना संक्रमित फेला परका छन् ।’ उनीहरूलाई होम क्वारन्टाइनमा बस्न भनिएको छ । हालसम्म कुनैलक्षण नदखिएको संक्रमितहरूले बताएको उनले सुनाए ।

घर फर्कनेको संख्या बढेपछि चैत पहिलो सातादेखि स्वास्थ्य कार्यालयले सीमामा हेल्थ डेस्क राखेर परीक्षणपछि मात्रै प्रवेश गर्न दिएको छ । ‘बुधबार १ सय २८ जनाको परीक्षण गरका थियौ ें,’ स्वास्थ्य कार्यालय प्रमुख लालबहादुर धामीले भने, ‘मंगलबार २ सय १७ जनाको परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको थियो ।’

यो नाका भएर स्वदेश फर्कनेको संख्या एक साताअघिसम्म दैनिक ५ सयको हाराहारी थियो । मंगलबारदेखि भने ह्वात्तै बढेको छ । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रकाशित : २०७७ चैत १२ गते ७:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI