No ads found for this position

कक्षा ११ को गुणस्तरमा चुनौती

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत १२ गते ७:४२
No ads found for this position
कक्षा ११ को गुणस्तरमा चुनौती
No ads found for this position

काठमाडौँ, १२ चैत । कक्षा ११ को परीक्षा सञ्चालन तथा नतिजा गर्ने जिम्मेवारी सम्बद्ध विद्यालयलाई नै दिइएपछि त्यसको गुणस्तर कायम राख्न चुनौतीपूर्ण हुने देखिएको छ ।
यसअघि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन, नतिजा प्रकाशन गर्ने गरेकोमा यस वर्षबाट विद्यालयमा जिम्मेवारी आइपुगेपछि त्यसलाई विद्यालयहरूले कसरी सदुपयोग गर्न सक्नेछन् भन्नेमा सरोकारवालाले चासो लिएको पाइएको छ । त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हरेम्ब कँडेल कक्षा ११ को सबै खालको मूल्याङ्कन विद्यालयलाई दिनु सकारात्मक भएको तर केही वर्ष यसको व्यवस्थापन गर्न विद्यालयहरूले मेहनत गर्नुपर्ने बताउनुभयो ।

विद्यार्थीको नियमितता, अनुशासन, परियोजना कार्य, परीक्षाको व्यवस्थापनमा ध्यान दिनुपर्ने उहाँ बताउनुहुन्छ । यसका साथै विद्यालयले परीक्षा लिने भएपछि नपढे पनि पास भइन्छ भन्ने मानसिकता विद्यार्थीमा बढ्दै गएको र यसले अल्छिपन बढाउन सक्ने खतरा उहाँले औँल्याउनुभयो । यसबाट विद्यार्थीलाई माथिल्लो तहको पठनपाठनमा समस्या पर्ने उहाँ बताउनुहुन्छ ।

राजधानीको जनपथ माध्यमिक विद्यालयका प्रधानाध्यापक जितबहादुर लामिछानेले विद्यालयलाई नै यसको जिम्मेवारी दिएपछि कसरी गुणस्तर कायम गर्न सकिन्छ भन्नेमा चिन्ता बढेको बताउनुभयो । खासगरी विद्यालयमै अन्तिम परीक्षा सञ्चालन गर्नुभन्दा केही विद्यालयले साझा रूपमा परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्ने की भन्ने विषयमा प्रअहरूसितसमेत छलफल भइरहेको जानकारी उहाँले दिनुभयो । याे खबर गाेरखापत्र दैनिकमा छ ।

प्रकाशित : २०७७ चैत १२ गते ७:४२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI