कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत १३ गते २०:५९
कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

१३ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ ।

मष्तिश्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिए ।

जोशीलाई फागुन १३ गते राती स्वास्थ्यमा समस्या देखिएपछि परिवारले वीर अस्पतालमा पुर्‍याएका थिए । परिक्षणका क्रममा उनको मस्तिष्कमा रगत जमेको भन्दै वीर अस्पतालले तत्कालै नर्भिकमा रेफर गरेको थियो । नर्भिकमा उपचारको एकसातापछि जोशीको स्वास्थ्यमा सुधार आइ उनलाई भेन्टिलेटर बाहिर पनि राखिएको थियो । तर लगत्तै उनको स्वास्थ्यमा पुनः जटिलता आएपछि भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो ।

प्रकाशित : २०७७ चैत १३ गते २०:५९
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI