No ads found for this position

यस्तो थियो नविन्द्रराज जोशीको राजनीतिक यात्रा

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत १३ गते २२:१४
No ads found for this position
यस्तो थियो नविन्द्रराज जोशीको राजनीतिक यात्रा
No ads found for this position

काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको ५७ वर्षको उमेरमा निधन भएको छ । एक्कासि मस्तिष्काघात भएर फागुन १४ गते अस्पताल भर्ना भएका जोशीको शुक्रबार निधन भएको हो ।

पिता गजेन्द्रराज र आमा गीताका पुत्रका रुपमा उनी २०१८ असार ३ गते काठमाडौंमा जन्मिएका हुन् ।उनले विज्ञान संकायमा स्नातक र वाणिज्य संकायमा स्नातकोत्तर गरेका थिए। उनकी एक छोरी छिन ।

जोशीले  काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट राजनीति सुरु गरेका थिए । उनी नेविसंघ काठमाडौं जिल्ला उपाध्यक्ष, अध्यक्ष हुँदै केन्द्रीय सदस्य, सह महामन्त्री र महामन्त्री बनेका थिए । जोशी २०४८ सालको बुटवल अधिवेशनमा अध्यक्षमा एन पि साउद सँग  पराजित भएसँगै विद्यार्थी राजनीतिबाट पार्टीको राजनीति प्रवेश गरेका थिए ।

नेपाली काँग्रेसका संस्थापक नेता गणेशमान सिंहको छत्र छायाँमा राजनीति गरेका जोशी २०४९ सालमा काठमाडौं महानगरको उपमेयर भएका थिए ।

जोशीले २०५२ सालमा गणेशमान सिंहको जीवनीमा अध्ययन र अनुसन्धान गर्न गणेशमान सिंह अध्ययन प्रतिष्ठान खोले र गणेशमान सिंहको जीवनीमा आधारित वीर गणेशमान चलचित्र समेत निर्माण गरेका थिए ।

जोशीले २०६४ र ७० को संविधानसभा निर्वाचनमा  काठमाडौं क्षेत्र नम्बर ८ बाट विजयी भएका थिए । उनी पहिलो संविधानसभामा नेपाली काँग्रेस प्रवक्ता र सीमा अध्ययन समितिको संयोजक बनेका थिए ।

दोस्रो संविधानसभामा संविधान जारी भएपछि उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकारमा उद्योग मन्त्री भएका थिए ।

अबको यात्रा आर्थिक समृद्धि भन्दै जोशीको अथक पहलमा २५ वर्षपछि अन्तर्राष्ट्रिय लगानी सम्मेलन नेपालमा आयोजना भएको थियो ।  मन्त्री हुँदा जोशीले बन्द उद्योग खोलाउने ,उद्यमशीलता युवा , उद्योगको विकास लगायत थुप्रै राम्रो काम गरेका थिए ।

उद्योग मन्त्री हुँदा जोशीले रुग्ण र बन्द अवस्थामा रहेका आठ वटा उद्योगलाई सञ्चालन गर्ने योजना अगाडि बढाएका थिए । उनका पालामा थुप्रै औद्योगिक अवरोधहरू हटाइ कानुनी सुधार पनि गरिएको थियो।

दुईपटक पार्टी केन्द्रीय सदस्य बनेका जोशी हाल पनि केन्द्रीय सदस्य थिए । आगामी भदौँ ७-१० का लागि निर्धारित पार्टीको १४ औं महाधिवेशनमा पार्टी महामन्त्रीमा उम्मेदवारी दिने गरी गृहकार्य अगाडि बढाइरहेका थिए । तर  फागुन १४ मा मष्तिष्कघात भएर हस्पिटलाइज भए जोशी संसार बाटै विदा भएका छन् । मिजासिला ,बौद्धिक र क्षमतावान् नेता जोशी नेपाली काँग्रेसमा निष्ठावान् राजनीतिज्ञका रुपमा परिचित थिए ।

 

प्रकाशित : २०७७ चैत १३ गते २२:१४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI