No ads found for this position

आज होलीको दिन कस्तो रहनेछ तपाईंको भाग्य ?

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत १५ गते ६:३३
No ads found for this position
आज होलीको दिन कस्तो रहनेछ तपाईंको भाग्य ?
No ads found for this position

वि.सं.२०७७ साल चैत्र १५ गते । आईतबार । ईश्वी सन् २०२१ मार्च २८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । फाल्गुण शुक्लपक्ष । तिथि– पूर्णिमा,४७ घडी ४८ पला,रातको ०१ बजेर ०९ मिनेट उप्रान्त प्रतिपदा  । नक्षत्र– उत्तराफाल्गुनी,३० घडी १७ पला,बेलुकी ०६ बजेर ०८ मिनेट उप्रान्त हस्त । योग– वृद्धि,४१ घडी ४२ पला,बेलुकी १० बजेर ४२ मिनेट उप्रान्त ध्रुव । करण– भद्रा ,दिउसो ०२ बजेर ०५ मिनेट उप्रान्त बब,रातको ०१ बजेर ०९ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–कन्या ।

 

काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १८ मिनेट । दिनमान ३० घडी ४३ पला ।

पूर्णिमाव्रत, फागु पूर्णिमा, पहाडी जिल्लामा होली, (होलिपून्ही( राति चिरदाह, थकाली तोरन्लपर्व, मन्वादि, सर्वार्थसिद्धियोग दिउसो ०२ बजेर ०५ मिनेटदेखि बेलुकी ०६ बजेर ०८ मिनेटसम्म ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  व्यापार व्यावसायमा नाँफा कमाउन निकै नै समय दिनुपर्नेछ । घर परिवारमा आफन्त तथा पति पत्नी बीच मनमुटाव बढ्नेछ । मौसम तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउन सक्छ । गोप्य कुराहरु बाहिर आउने अधिक सम्भावना रहेकोछ । धन सम्पती तथा अचल सम्पती हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । न्यायालयबाट हुने निर्णयहरु तपार्ईँको पक्षमा नहुने हुनाले मुद्दा हारिने सम्भावना रहेकोछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धिहरुलार्ई पछि छोड्दै एक कदम अगाडी बढ्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नयाँ ठाउबाट प्रेम प्रस्ताव आउनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आकस्मिक धन सम्पती हात लागी हुने योग रहेकोछ । पदिए दायित्व बढ्ने तथा काम गर्ने ठाउमा तपार्ईँको काम गर्ने शैलिको धेरैले प्रशंसा गर्नेछन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पहिलेका कमिकमजोरीहरुलाई सुधार्ने अवसर आउनेछ । ठुला तथा विशिष्ट योजनाहरु कार्यान्वयन गर्नको लागि केहि समय पर्खनु नै राम्रो हुनेछ । आफन्त तथा आमासँग सानो सानो कुरामा विवाद बढ्ने योग रहेकोछ । पढ्ने लेख्ने कामका खासै मन नजादा अरुभन्दा पछी परिनेछ । व्यापार व्यावसायमा समय दिएपनि खासै उपलव्धी हासिल हुने छैन भने घर जग्गाको कारोबारबाट केहि मात्रामा लाभ लिन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) उद्योग तथा व्यापार व्यावसायमा ध्यान नदिदा घाटा सहनुपर्ला । यात्रा गर्दा ध्यान दिनुहोला दुख पाइनेछ । दाजुभाई तथा छिमेकीको साथ नपाइने हुदा मन खिन्न रहनेछ । मुद्दा मामिला तथा प्रतिस्पर्धामा तपार्ईँको पक्षमा निर्णय नआउँदा मानसिक तनाव बढ्नेछ । बिद्यामा गरीएको लगानीबाट सन्तोषजनक नतिजा आउनेछ । प्रणय सम्बन्धमा चिसोपना बढ्ने भएपनि अन्तत एक अर्कालाई बुझ्दै अगाडि बढ्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसाय फस्टाएर जानेछ भने होटल तथा रेष्टुराँमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । आत्मिय मित्र तथा साथिभाई हरुको सहयोगले सकारात्मक कामहरु गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्नी बीच विश्वासको वातावरण बढ्नेछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेर मनग्गे आम्दानी गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राजनीति तथा समाजसेवामा सम्मानजनक स्थान पाउन बढि नै मिहिनेत गर्नुपर्नेछ । परिवारका सदस्यहरुसँग विवाद बढ्ने योग रहेकोछ भने आफन्तहरु टाडिनेछन् । व्यापार व्यावसायमा लगानी गरे अनुशार प्रतिफल प्राप्त नहुने हुँदा मन खिन्न हुनेछ । माया प्रेममा एक अर्का बीच मनमुटाव सिर्जना हुनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिने अधिक सम्भावना रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अरुको काममा समय बित्ने तथा अरुको काम गर्न खोज्दा आफ्नो काम थाती रहनेछ । व्यापार व्यावसायमा प्रशस्त समय लगानी गर्दापनि आम्दानी थोरै हुनेछ । विदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । यात्राको अधिक सम्भावना रहेकोछ भने विदेशी संस्था तथा नियोगतिर काम पाउने प्रशस्त सम्भावना रहेकोछ । सामान्य आँखा सम्बन्धी समस्याले सताउन सक्छ ध्यान दिनुहोला ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । बिशेष गरी हाइड्रोपावर,पानी तथा औषधीसँग सम्बन्धित व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । बिद्यामा सोचे अनुरुप नै प्रगती हुनेछ । परिवार तथा आफन्तहरु तपार्ईँको कामदेखि प्रशन्न हुनेछन् । सवारी साधन प्राप्त हुने योग रहेको छ । दाजुभाई बाट राम्रै सहयोग प्राप्त हुनेछ । मायाप्रेममा विश्वासको वातावरण झन कसिलो भएर जानेछ । सामाजिक क्षेत्रमा नाम,दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) जनताको काम तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला काम बिग्रने हुँदा मान सम्मानमा दाग लाग्न सक्छ । कार्यक्षेत्रमा आफ्नै सहयोगीले फसाउन सक्छन्,ध्यान दिनुहोला । तपार्ईँको राम्रा विचारलाई अरुले गलत तरिकाले व्याख्या गरी साख गिराउन खोज्नेछन् । बिद्या तथा प्रतिस्पर्धामा अरु नै हावी हुनाले चाहेको सफलता प्राप्त गर्न कठिन हुनेछ । राज्यसँग नजिक रहेर गरीने कुनै पनि काम गर्दा ख्याल गर्नुहोला । व्यापार व्यावसायमा समय लगानी गरे अनुशार प्रतिफल प्राप्त गर्न केहि समय कुर्नु पर्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा गर्न सकिनेछ भने यात्राका क्रममा महत्वपूर्ण व्यक्तिहरुसँग भेटघाट हुनेछ । व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ भने तपार्ईँको काममा आफन्त तथा शुभचिन्तक हरुको सहयोग रहनेछ । माया प्रेमको गाठो कसिलो भएर जाने तथा जीवन साथीको सहयोगले राम्रा कामहरु सम्पादन हुनेछन् । प्रतिष्ठित काम गरी समाजमा नाम कमाउन सकिनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सानातिना घरेलु समस्याहरूले सताउनेछ भने सानो काम सम्पादन गर्न पनि दिनभर समय लाग्नेछ । समयले साथ नदिदा हुनै लागेको कामहरु बिग्रने तथा अरुकै पोल्टोमा जानेछन् । व्यापारमा तत्काल लगानी गर्ने समय नरहेकोले केहि समय पर्खनु उचित हुनेछ भने बैक तथा वित्तिय क्षेत्रमा गरीएको लगानी भने फस्टाएर जानेछ । अध्ययनमा मन नजाने हुनाले अरुभन्दा पछी परिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पर्यटकीय तथा रमाईलो यात्रा हुनेछ भने भौतिक सम्पती तथा सवारी साधन प्राप्तीको योग रहेको छ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । मायाप्रेम तथा पति पत्नी बीचको सम्वन्धमा विश्वासको वातावरण मजबुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्न तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुलाई पछी पारी आफु अगाडी बढ्ने समय रहेको छ ।

तपाईँको दिन शुभ रहोस् ।
यूवा ज्योतिषी डीपी भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र ।

प्रकाशित : २०७७ चैत १५ गते ६:३३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI