कावासोतीको भित्री सडकमा सवारी दुर्घटना : एकजनाको ज्यान गयो, एक जना गम्भीर घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत १५ गते ९:२५
कावासोतीको भित्री सडकमा सवारी दुर्घटना : एकजनाको ज्यान गयो, एक जना गम्भीर घाइते

पुर्वी नवलपरासीको कावासोती-१७ मा गए राती दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
कावासोती-१७ को भित्री सडकमा कोल्हुवा बाट गोछडा तर्फ आउदै गरेको ना ५ ख ५८५२ नंको बसमा सोही दिशा तर्फबाट आउदै गरेेेको
लु ३८ प ६७९८ नंको मोटरसाइकल ठक्कर खाँदा मोटरसाईकलमा सवार कावासोती-१७ का २१ वर्षीय देवेन्द्र महतोको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिपकुमार गिरीले बताए । त्यसै गरि मोटरसाइकलमा सवार सोही स्थानका  तेजनारायण महतो गम्भीर घाईते भएका डिएसपी गिरीले बताए ।

दुर्घटनामा गम्भीर घाईते दुवै जनालाई उद्धार गरि उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा ल्याईएकोमा देवेन्द्र महतोलाई राती नै चिकित्सकले मृत घोषणा गरेका र दुर्घटनामा गम्भीर घाइते अर्का युवक तेज नारायण महतोलाई थप उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको डिएसपी गिरीले बताए ।

प्रकाशित : २०७७ चैत १५ गते ९:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI