गुडीरहेको अटोमाथि बाघको आक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत १५ गते १४:४०
गुडीरहेको अटोमाथि बाघको आक्रमण

काठमाडौं: गुडीरहेको अटोमाथि बाघले आक्रमण गरेको छ । वीरगञ्ज–ठोरी हुलाकी सडकखण्ड अन्तर्गत ठोरीको शिकारीबासमा गुडीरहेको अटोमाथि बाघले आक्रमण गरेको हो ।

शनिबार साँझ ७ः३० बजेको समयमा ना २ ह ६२९० नम्बरको अटोमाथि बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।

अटो पल्टिएपछि बाघ भारतको जंगलतर्फ छिरेको र कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ

प्रकाशित : २०७७ चैत १५ गते १४:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI