११ किलो अफिमसहित भारतमा २ नेपाली युवती पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत १५ गते १५:३३
११ किलो अफिमसहित भारतमा २ नेपाली युवती पक्राउ

काठमाडौं। भारतको पञ्जाबमा मोहाली जिल्लाको प्रहरीले शनिबार लागुऔषध कारोबार गर्ने दुई नेपाली युवतीलाई पक्राउ गरेको छ । ती दुई युवतीलाई लालडुबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट ११ किलो अफिम बरामद गरिएको छ । लालडु प्रहरी चौकीमा एनडिपीएस एक्ट अन्तर्गत दुवै विरुद्ध मुद्दा दर्ता भएको छ। मुद्दाको पुष्टि एसएसपी सतिन्दर सिंहले गरेका थिए ।

एसपी देहात डा. हरजोत कौर ग्रेवालले लागुऔषध तस्करविरुद्ध मोहाली नगरमा प्रहरीले विशेष अभियान सुरु गरेको बताए । मोहाली प्रहरीले शनिबार शिमलामा बस्दै आएका दुई नेपाली महिलाबाट ११ केजी अफिम बरामद गरेको हो । यसै सन्दर्भमा प्रहरी जिल्ला मुख्यालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । अभियुक्तहरु ४१ वर्षकी लक्ष्मी र ४२ वर्षकी लिला रहेको पहिचान भएको छ ।

दुवै जना नेपाली हुन् र पार्सल दिनको लागि शिमला जाँदै थिए। सोधपुछका क्रममा युवतीहरुले आफूहरु नेपालबाट भारतमा तरकारी रोप्न आएको बताएका थिए । दिल्लीमा हुँदा उनीहरुले बस स्ट्यान्ड नजिकै एउटी महिलालाई भेटे। ती महिलाले उनीहरुलाई पार्सल पुर्याइदिँदा पैसा दिने लोभ देखाएकी थिइन् । महिलाले उनीहरुलाई १५–१५ हजार दिने भनेकी थिइन् ।

प्रकाशित : २०७७ चैत १५ गते १५:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI