आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत १६ गते ७:४५
आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?

विसं २०७७ साल चैत्र १६ गते । सोमबार । इस्वी सन् २०२१ मार्च २९ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र कृष्णपक्ष । तिथि– प्रतिपदा, ४२ घडी ४० पला, बेलुकी ११ बजेर ०४ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–हस्त, २७ घडी ०८ पला, बेलुकी ०४ बजेर ५१ मिनेट उप्रान्त चित्रा । योग– ध्रुव, ३४ घडी ४५ पला, बेलुकी ०७ बजेर ५४ मिनेट उप्रान्त व्याघात । करण– बालव, दिउँसो १२ बजेर ०८ मिनेट उप्रान्त कौलव, बेलुकी ११ बजेर ०४ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–बज्र योग । चन्द्रराशि–कन्या ।

काठमाडौँमा सूर्योदय बिहान ०६ बजेर ०० मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर १९ मिनेट । दिनमान ३० घडी ४७ पला । तराईमा होली, वसन्तादि, तेल लगाउने र आँपको मुजुरा खाने, गणगौरपूजा प्रारम्भ, नालामत्स्येन्द्रनाथ स्नान ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यावसायमा लगानी गरेअनुसार प्रतिफल प्राप्त नहुँदा आर्थिक रूपमा कमजोर भएको महसुस हुनेछ । स्वास्थ्यसम्बन्धी समस्या आउने तथा दैनिक खर्च बढेर जानेछ । पढाइलेखाइमा ध्यान नजाँदा अरूभन्दा पछि परिनेछ । मायाप्रेममा नजिक हुन खोजे पनि एकअर्काको भावना नबुझ्दा मनमुटाव बढ्नेछ । तर पनि आफन्त तथा परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्दै दिनलाई रङ्गीन बनाउन सकिनेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) विद्यामा गरिएको लगानीबाट सकारात्मक नतिजाको अपेक्षा गर्न सकिनेछ । शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्य धनआर्जन गर्न सकिनेछ भने लगानी बढाउने वातावरण बन्नेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेको छ भने सेयर बजार तथा सट्टाको व्यावसाय फस्टाएर जानेछ । प्रेमको डोरो कसिने तथा घर परिवारमा सबैसँगको सम्बन्ध सुमधुर हुँदै जानेछ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्वसाधारणसँग सन्तुलित व्यावहार गर्नुहोला, काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । अध्ययन अध्यापनमा तपाईंको कमजोर उपस्थितिको फाइदा अरूले उठाउन सक्छन्, ध्यान दिनुहोला । आमा सरहका मानससँग टाढिएर देश परदेशको यात्रा गर्दा मन विचलित हुनेछ । तर पनि आफन्त वा आमा सरहका मानिससँग रमाइलो गर्दै दिनलाई व्यातित गर्न सकिनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) वादविवाद तथा मुद्दा मामिलामा सहभागी नहुनुहोला, नकरात्मक नतिजा आउनेछ । सकसपूर्ण तथा झन्झटिलो यात्रा हुनेछ । व्यापार व्यावसायमा सन्तोषजनक प्रगति हुनेछ । सामान्य स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा काम गर्न असजिलो महसुस हुनेछ । विद्यामा सफलता पाउन कडा मिहिनेत गर्नुपर्नेछ । दाजुभाइ तथा छिमेकीसँग मनमुटाव बढ्नेछ । तर पनि दाजुभाइ तथा आफन्तका साथ रमाइलो गर्दै दिन व्यातित गर्न सकिनेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टू, टे) आत्मीय मित्र तथा जीवनसाथीको सहयोगले व्यापार व्यावसायमा लगानी गरी आम्दानी गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्ध थप सुमधुर भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने प्रतिस्पर्धीहरुलार्ई सजिलै हराई नतिजा जित्न सकिनेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै उपलब्धीमूलक काम गर्न सकिनेछ । गायन पेसा तथा कला साहित्यमा समय दिनेहरुले आम्दानीका स्रोत बढाउन सकिनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) लामो सङ्घर्षपछि मात्र उपलब्धि हात लाग्ने समय रहेकाले काम गर्दा ध्यान दिनुहोला । व्यापार व्यावसायमा प्रशस्त समय दिए मात्र आम्दानी बढाउन सकिनेछ भने नयाँ काम थालनी गर्नुभन्दा पुरानै कामलाई निरन्तरता दिनुहोला । पढाइलेखाइमा सफलता प्राप्त गर्न निकै नै मिहिनेत गर्नुपर्नेछ । तर पनि माया प्रेममा नजिक भए पनि आत्मीयताको महसुस हुनेछ । आफन्त तथा अग्रजहरुसँग रमाइलो गर्दै दिन व्यातित गर्न सकिनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) स्वास्थ्यसम्बन्धी सामान्य समस्याले सताउन सक्छ, खानपानमा ध्यान दिनुहोला । व्यापार व्यावसायमा वैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ भने विदेश यात्राको तय गर्न सकिनेछ । परिवार तथा आफन्तजन तपार्ईंदेखि टाढिनेछन् । राज्यबाट दण्ड जरिवाना हुन सक्छ, काम गर्दा सजग भएर गर्नुहोला । तर पनि माया प्रेममा नजिक हुन सकिनेछ । अग्रज तथा घरपरिवारका साथ रमाइलो गर्दै दिन व्यातित गर्न सकिनेछ ।

वृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) विभिन्न भौतिक तथा विलासी सामान जुट्नेछन् भने भविष्यमा आम्दानी हुने व्यावसायमा लगानी गर्न सकिनेछ । आयस्रोतका बाटा फराकिला हुनेछन् भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछन् । बैङ्क तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यावसायबाट मनग्य आम्दानी हुनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । आफन्त तथा अग्रजसँग रमाइलो गर्दै दिनलाई रङ्गीन बनाउन सकिनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) मानसम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ, काम गर्दा ख्याल गर्नुहोला । सरकारी सेवामा झन्झटिला प्रक्रिया अवलम्बन गर्नुपर्दा मानसिक तनाव बढ्नेछ । राज्यबाट गलत आक्षेप लाग्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा अरूभन्दा पछाडि परिनेछ । व्यापार व्यवसायमा नाफा कमाउन निकै नै समय दिनुपर्नेछ । तर पनि अध्ययन अध्यपनमा सफलता प्राप्त गर्न सकिनेछ भने धार्मिक स्थल तथा लामो दूरीको यात्राको तय हुनेछ ।
मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) लामो दूरीको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना छ । नोकरीमा बढुवा हुने तथा अनुकूल स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेको छ । खोज तथा अनुसन्धानमा खर्चिएको समयबाट भनेजस्तो नतिजा आउने हुँदा मन खुसी रहनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने घरमा पतिपत्नीबीच विश्वासको वातावरण बढेर जानेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरको यात्रा गरी टीका तथा प्रसाद ग्रहण गर्न सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) व्यावसायिक यात्रा हुने भए पनि गन्तव्यमा पुग्नु अगावै विभिन्न समस्याको सामना गर्नुपर्नेछ । भौत्तिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घटनाहरुको सामना गर्नुपर्नेछ । विलाशी जीवन जिउन खोज्दा पढाइ लेखाइ तथा खोज अनुसन्धानको क्षेत्रमा कमजोर उपस्थिति रहनेछ । जीवनसाथीसँग मनमुटाब बढ्ने हुनाले दैनिक काम गर्न मन जानेछैन । ऋण लाग्ने तथा सङ्कटको सामना गर्नुपर्नेछ ।

मीन (दी, दु, थ, झ, ञ, दे, दो, चा, ची) पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलार्ई हराउँदै नतिजा तपार्ईं आफ्नै पोल्टोमा पार्न सकिनेछ । शत्रु परास्त हुनेछन् भने तपार्ईंको खैरो खन्नेहरू आफै पाखा लाग्नेछन् । विवादित विषयको निर्णय तपाईं आफ्नै पक्षमा आउँने हुनाले खुसीले उचाइ नाघ्नेछ । पुराना सापटी तथा लेनदेनका मुद्दाहरु सल्ट्याउन सकिने हुँदा मन प्रसन्न रहनेछ । माया गरेको मानिसबाट उपाहार प्राप्तिको योग छ ।

तपाईंको दिन शुभ रहोस् ।
युवा ज्योतिषी डीपी भण्डारी

प्रकाशित : २०७७ चैत १६ गते ७:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI