No ads found for this position

काङ्ग्रेसको क्रियाशिल सदस्यता अब आधुनिक प्रविधिमा

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत १६ गते ८:५३
No ads found for this position
काङ्ग्रेसको क्रियाशिल सदस्यता अब आधुनिक प्रविधिमा
No ads found for this position

काठमाडौँ, चैत १६ गते । नेपाली काँंग्रेसले आगामी भदौमा हुने १४औँ महाधिवेशनका क्रियाशील सदस्यताको विवरण अत्याधुनिक प्रविधिको प्रयोग गरेर तयार पारिरहेको छ । ६९ जिल्लामा ३२१ जना कम्युुटर अपरेटरबाट विवरण अद्यावधिक गर्न कार्य भइरहेको छ ।
सातवटै प्रदेश, ७७ जिल्ला, ७५३ स्थानीय तह र हाल कायम छ हजार ६४३ वडामा नै क्रियाशील सदस्यताको वितरण तयार गरिने छ । यसले जातीय, लिङ्गीय हरेक हिसाबले अभिलेख तयार गरिनेछ । तयार पारिएको विवरणबाट एक मिनेटमा कुनै जिल्लाको कुनै वडामा के–कति काँग्रेसका क्रियाशील सदस्य छन् भन्ने हेर्न सकिनेछ ।
पार्टीका उपसभापति विमलेन्द्र निधिले काँग्रेसले क्रियाशील सदस्यताको विवरण आधुुनिक प्रविधिको प्रयोग गरेर अद्यावधि गरिरहेको बताउनुुभयो । संविधान सभाबाट संविधान जारी भएपछि नयाँ संविधान र राजनीतिक दलसम्बन्धी ऐनले तोकेअनुसारको समावेशी अवधारणाअनुसार पार्टीको विधान तयार गरेको जानकारी पनि उहाँले दिनुुभयो ।
देशका ६९ जिल्लामा क्रियाशील सदस्यताको विवरण अद्यावधिक गर्न ३२१ जना व्यक्ति एकै पटक काम गरिरहेका छन् । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले यसरी आधुुनिक प्रविधिको प्रयोग गरेर अभिलेख राख्ने काँग्रेस पहिलो दल भएको दाबी गर्नुभयो ।
इन्टरनेट प्रविधिमा आधारित आधुनिक प्रणालीमा सबै क्रियाशील सदस्यको विवरण राखेपछि ९० वर्षभन्दा माथिका कति पुरुष वा कति महिला छन् भन्ने तथ्याङ्क निकाल्न सजिलै सकिनेछ । महिला, जनजाति, आदिवासी, युवा कति छन् भनेर सजिलै थाहा पाउन सकिने छ ।
मुख्य सचिव पौडेलका अनुसार १३औंँ महाधिवेशनसम्म सबै जिल्लाबाट क्रियाशील सदस्यताको फाराम नै आउने गर्दथ्यो । सो महाधिवेशनमा ५० जना व्यक्तिलाई क्रियाशील सदस्यको विवरण कम्युुटरकृत गर्न चार महिना लागेको थियो ।
तर अहिले जिल्ला वा निर्वाचन क्षेत्रबाटै अद्यावधिक गर्ने कार्य भइरहेको छ । केन्द्रीय कार्यसमितिले निर्णय गरेपछि सबै क्रियाशील सदस्यको विवरण वेबसाइटमा राखिने छ, त्यसरी पार्टीका सदस्य वेबसाइटमा राख्ने काँग्रेस पहिलो पार्टी हुने दाबी पौडेलको छ ।
केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको सात सदस्यीय क्रियाशील सदस्यता छानबिन समिति गठन भएको छ । सो समितिले क्रियाशील सदस्यतासम्बन्धी केही समस्या आएमा छानबिन गरी विवाद निरुपण गर्दै आएको छ । समितिका सदस्य सचिव डा. प्रदीप पराजुलीले शुक्रबारसम्म करिब चार लाख ५० हजार क्रियाशील सदस्यको विवरण अद्यावधिक विवरण
तयार भएको बताउनुुभयो ।
सदस्य सचिव डा. पराजुलीले नवीकरण गरिएका र नयाँ क्रियाशील सदस्य गरी १४औंँ महाधिवेशनका लागि करिब नौदेखि १० लाख क्रियाशील सदस्यता पुुग्ने बताउनुुभयो । त्यसपछि काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले क्रियाशील सदस्यताको सङ्ख्या शतप्रतिशत बढाउने निर्णय गरेको थियो । सो निर्णयपछि सबै जिल्लामा नयाँ क्रियाशील सदस्यताका लागि फाराम पठाइएको थियो ।
विभिन्न पार्टीबाट काँग्रेसमा प्रवेश गरेका नेता तथा कार्यकर्तालाई समायोजन गर्ने क्रम अझै बाँकी छ । समायोजनको कार्य सकिएपछि मात्रै क्रियाशील सदस्यताको नवीकरण तथा नयाँ सदस्यता वितरण गरिने छ । केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले सिन्धुुपाल्चोकबाहेक ७६ जिल्लाको समायोजन सकिएको बताउनुुभयो । प्रदेश २ का आठ जिल्लामा समायोजना ढिला हुँदा अझै क्रियाशील सदस्यताको काम भइरहेको छ ।

प्रकाशित : २०७७ चैत १६ गते ८:५३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI