‘बोल्ड’ सोनमका ५ तस्बिर

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत १७ गते १२:३१
‘बोल्ड’ सोनमका ५ तस्बिर

मुम्बई । अभिनेत्री सोनम कपुरले इन्टरनेटमा धमाका मच्चाएकी छन् ।

होलीको अवसर पारेर उनले ‘बोल्ड एण्ड ग्ल्यामरस’ केही तस्बिर सार्वजनिक गरेकी छन् । जसले इन्टरनेटमा तहल्का मच्चाएको छ । उक्त तस्बिर उनका फ्यानले समेत शेयर गरिरहेका छन् ।

सार्वजनिक हरेक तस्विरमा शोनम निकै आकर्षक देखिएकी छन् । आउँटफिटदेखि उनका हरेक स्टाइलले फ्यानलाई मोहित पार्न सफल भएको छ ।

तस्बिरमा सोनमले मोर्डन इन्डियाको कल्चर समेत देखाएकी छन् । सार्वजनिक उनका हरेक तस्बिरमा उनको कपालको फरक फरक स्टाइल देख्न सकिन्छ । लुक्सको कुरा गर्ने हो भने उनी हरेक तस्बिरमा ग्ल्यामरस लुक प्रस्तुत गरेकी छन् ।

एक तस्बिरमा ‘फ्रन्ट कट स्टनिङ्ग टप’मा उनी निकै बोल्ड समेत देखिएकी छन् । यो ड्रेसमा अभिनेत्रीको ‘क्लीवेज’ समेत देखिएको छ ।

कामको कुरा गर्ने हो भने सोनम पछिल्लो समय ‘एके भर्सेज एके’ फिल्ममा देखिएकी थिइन् । उनको आउँदो फिल्म ‘ब्लाइन्ड’ हो ।

प्रकाशित : २०७७ चैत १७ गते १२:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI