जनगणनाका लागि पुर्वी नवलपरासीमा माग गरिएको भन्दा करिब छ गुणा बढी आवेदन

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत १८ गते ११:५४
जनगणनाका लागि पुर्वी नवलपरासीमा माग गरिएको भन्दा करिब छ गुणा बढी आवेदन

सन्जय भट्टराई/कावासोती ।
आगामी १२औँ राष्ट्रिय जनगणनाका लागि पुर्वी नवलपरासीमा माग गरिएको भन्दा करिब छ गुणा बढी आवेदन  परेको छ । पुर्वी नवलपरासीमा गणक र सुपरीवेक्षकका लागि ३ हजार २ सय ६५ जनाको आवेदन परेको हो । पुर्वी नवलपरासीका जिल्ला जनगणना अधिकारी जितेन्द्र रानाभाटले जिल्लामामा १ सय ४ सुपरीवेक्षक तथा ४ सय ६२ गणक माग गरिएको जानकारी दिए ।

पुर्वी नवलपरासीमा लागि माग गरिएको भन्दा अनलाइनमार्फत फारम भर्नेको सङ्ख्या करिब छ गुणा बढी हो । त्यस्तै आवेदन दिनेमा पुरुषको तुलनामा महिलाको सङ्ख्या दोब्बर रहेको छ ।

रानाभाटले भण्डारीले जिल्लामा जनगणनाका लागि २२०० महिला, १०६५ पुरुषलेअनलाइन फारम भरेको जानकारी दिए ।

जिल्लामा ४ सय ६२ गणक माग गरिएकोमा १६४७ महिला र ७५५ पुरुष गरि २४०२ जनाले आवेदन गरेको रानाभाटले जानकारी दिए । त्यस्तै १०४ सुपरिवेक्षक माग गरिएकोमा १ सय २९ महिला र १ सय ५२ पुरुष गरि २८१ जनाले आवेदन दिएका हुन । त्यस्तै दुबै पदका लागि ४ सय २४ महिला र १ सय ५८ पुरुष गरेर ५ सय ८२ले अनलाइन मार्फत आवेदन दिएका छ्न ।

जिल्लामा राष्ट्रिय जनगणनाका लागि जिल्ला जनगणना कार्यालय यस अघिनै स्थापना गरेर काम सुरु गरिसकिएको छ । जनगणनाका लागि आवश्यक सुपरिवेक्षक र गणकहरुको नियुक्ति पछि तालिम सन्चालन हुने र २०७८ वैशाख २६ देखि जेठ १४ सम्म २० दिनको अवधीमा सुपरिवेक्षकहरु द्वारा घर तथा घरपरिवारको सूचीकरण गर्ने, २०७८ जेठ २५ देखि अषाढ ८ सम्म १५ दिनको अवधिमा गणकहरुबाट मुल गणनाको काम हुने र अषाढ ८ गते जनगणना दिवस मनाउने गरी काम हुने रानाभाटले बताए ।

राष्ट्रिय जनगणना देशै भर एक साथ २०७८ जेठ २५ बाट सुरु भएर असार ८ गते सम्पन्न हुने छ ।

 

प्रकाशित : २०७७ चैत १८ गते ११:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI