दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता : केउरानी युवा क्लबको विजयी सुरुवात

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत १८ गते १९:१७
दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता :  केउरानी युवा क्लबको विजयी सुरुवात

राजु चापागाई/नवलपुर
देवचुली नगरपालिकामा संचालित दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता २०७७ मा केउरानी युवा क्लब विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ ।देवचुली नगरपालिकाको सहयोगमा देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना र फारम खेलकुद विकास समितिको सह आयोजनामा वरचुली मा वि को खेलमैदान फारममा केउरानी युवा क्लबका विरुद्ध फारम निलोबिच आज भएको खेलमा केउरानी युवा क्लब ट्राईबेकरमा ४-२ गोल अन्तरले विजयी भएको हो ।

निर्धारित समयमा दुवै टिमको १-१ गोल भएपछि खेल ट्राईबेकरमा गएको थियोे । निर्धारित ९० मिनेट समयको खेलमा केउरानी युवा क्लबका रेमु बोटेले गोल गरेका थिए भने फारम निलोका सुदीप तामाङले गोल गरेका थिए । आजको खेलमा केउरानी युवा क्लबका नवीन थनेत म्यान अफ दि म्याच भएका छ्न ।

नवलपुर जिल्लाका १६ वटा टिमहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाख ५० हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु ७५ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ । सेमिफाइनलमा पुग्ने टिमले रु २० हजार प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोकृष्ट गोलरक्षक , सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

बिहिवारको खेल देवचुली निलो र भानु एकता युवा क्लबबिच हुने खेल संयोजक विष्णुकुमार वाग्लेले जानकारी दिनुभयो ।

प्रकाशित : २०७७ चैत १८ गते १९:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI