के कारणले हुन्छ चरम आनन्द नहुने समस्या?

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत १८ गते २१:३४
के कारणले हुन्छ चरम आनन्द नहुने समस्या?

एजेन्सी- यौन उत्तेजनाको समस्या महिला र पुरुष दुवैमा हुने गर्दछ। महिलाहरुमा उत्तेजनाको बेला यौनाङ्ग मुलायम भै फैलिने र रसिलो हुने प्रक्रियामा गड्बडी हुने समस्या हुन्छ। धेरै महिलाहरुमा डर, त्रास, संकोच जस्ता मनोगत कारणहरुले पनि यौन उत्तेजना आउदैन। केहि महिलाहरुमा संक्रमण, हर्मोनको समस्या वा अन्य कुनै औषधिको सेवनले पनि यौन उत्तेजना नआउने हुन्छ।

पुरुषहरुमा भने प्रयाप्त समयसम्म लिङ्ग ठाडो र कडा नरहने समस्या आउनसक्छ। पुरुषमा पनि शारिरीक रोग, मद्यपान तथा लागूपदार्थ र औषधि सेवन जस्ता कारणले पनि यौन उत्तेजना नआउने हुन्छ। तर यौन क्रियाकलापमा लिङ्ग उत्तेजित हुन्न भने मनोगत समस्या भएको बुझ्न सकिन्छ। प्रायः डर, त्रास, उदासिनता, चिन्ता, थकान वा यौन चाहनाको कमिले पनी यौन उत्तेजना नआउने हुन्छ। उमेर छिप्पिँदै गएपछि यौन उत्तेजनाको समस्या पनी बढ्दै जाने गर्छ। यस्ता समस्याग्रस्त महिला र पुरुष दुवैमा रहेको डर र त्रासलाई मनोवैज्ञानिक विधिद्धारा निवारण गर्दै लानुपर्ने हुन्छ।

यौन समागमको चरम विन्दुमा आनन्द अनुभव नहुने समस्या तुलनात्मक रुपमा महिलाहरुमा बढी देखिन्छ। यसका दुई कारण छन्। पहिलो महिलाकै आफ्नो विभिन्न कारणले चरम विन्दुमा नपुग्नु र दोस्रो कारण पुरुषमा यौन ज्ञान, अनुभवको कमि तथा विभिन्न व्यक्तिगत र सामाजिक दृष्टिकोणका कारण महिलाको यौन आवश्यकता पुरा नहुनु हो  ।
पुरुषमा भने यौन उत्तेजना ढिलो वा चाडो वीर्य स्खलन वा वीर्य स्खलननै नहुनसक्छ। हस्तमैथुन र अन्य तरीकाले आनन्द महसुस हुने वानी परेका कतिपय पुरुषहरुमा यौन समागमले वीर्य स्खलन नहुन सक्छ।  यौनलाई दवाइने सामाजिक, पारिवारीक माहोल वा दृष्टिकोण तथा विभिन्न औषधि र लागुपदार्थको सेवनले पनि यस्तो अवस्था श्रृजना हुनसक्छ।

यौन शिक्षा वा ज्ञान, यौनसम्बन्धी भ्रमको निवारण र दम्पतिबीच समझदारी नै समस्याको समाधानमा महत्वपूर्ण हुन्छ। विशेषगरी पुरुषले महिलालाई यौन प्रक्रियाको चरणदेखि विभिन्न क्रियाकलापबाट  आनन्दको चरणतिर लानुपर्ने हुन्छ। प्राकृतिक हिसाबले पुरुष चाँडो र सजिलै उत्तैजित भई चरम सुखको चरणमा पुग्ने भएकाले महिलालाई यस्तो चरणसम्म पुर्‍याउन पुरुषले बिस्तारै सहवासको प्रक्रिया अगाडि बढाउनु र उत्तेजित पार्नुपर्ने हुन्छ।

प्रकाशित : २०७७ चैत १८ गते २१:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI