चितवन निकुञ्जमा गैँडा गणकमाथी जंगली हात्तीको आक्रमण : तीनजना घाईते

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत २० गते १९:४७
चितवन निकुञ्जमा गैँडा गणकमाथी जंगली हात्तीको आक्रमण : तीनजना घाईते

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा गैँडा गणना गरिरहेका तीनजना जंगली हात्तीको आक्रमणमा परि घाईते भएका छन । पूर्वि नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नं. २ गैँडाखाल नजिकै चितवन राष्ट्रिय निकुञ्जमा गैँडा गणना गरिरहेका कर्मचारीहरु जंगली हात्तीको आक्रमणमा परि घाईते भएका हुन ।
घाईते हुनेहरुमा चन्द्रगीरी नगरपालिका वडा नं. ५ घुर भै हाल नवलपुर अमलटारी बस्ने ३५ वर्षका विनोद श्रेष्ठ, सर्लाही घर भएका ४२ वर्षका दिपेन्द्र चौधरी र रौतहट घर भएका प्रेमलाल चौधरी रहेको प्रहरी निरिक्षक विशाल तामाङले उज्यालो खबरलाई जानकारी दिए ।

हात्तीको आक्रमणमा परि गम्भिर घाईते भएका विनोद श्रेष्ठलाई नेपाली सेनाको हेलीकोप्टर मार्पत थप उपचारको लागि काठमान्डौ पठाइएको छ । अन्य २ जनाको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ चैत २० गते १९:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI