दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगितामा गैंडाकोट फुटबल क्लब विजयी

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत २० गते १९:५४
दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगितामा गैंडाकोट फुटबल क्लब विजयी

राजु चापागाई नवलपुर । देवचुली नगरपालिकामा संचालित दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता २०७७ मा गैंडाकोट फुटबल क्लब विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ ।देवचुली नगरपालिकाको सहयोगमा देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना र फारम खेलकुद विकास समितिको सह आयोजनामा वरचुली मा वि को खेलमैदान फारममा आज नमुना युवा क्लबका विरुद्ध गैंडाकोट फुटबल क्लबबिच भएको निर्धारित समयको खेलमा १-१ को बराबरी गोल हुँदै ट्राईबेकरमा गैंडाकोट फुटबल क्लब ४-२ गोल अन्तरले विजयी भएको हो । आज भएको निर्धारित समयको खेलमा गैंडाकोट फुटबल क्लबका सौगात गुरुङ गोल गरेका थिए भने नमुना युवा क्लबका रवि क्षेत्रीले गोल गरेका थिए । आजको खेलमा गैंडाकोट फुटबल क्लबका गोलरक्षक विधान बोहोरा म्यान अफ दि म्याच भएका थिए।

नवलपुर जिल्लाका १६ वटा टिमहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाख ५० हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु ७५ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ । सेमिफाइनलमा पुग्ने टिमले रु २० हजार प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोकृष्ट गोलरक्षक , सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । भोलीको खेल युनाइटेड क्लब गिरुबारी र शुभ प्रभात समाजबिच हुने खेल संयोजक विष्णुकुमार वाग्लेले जानकारी दिनुभयो ।

प्रकाशित : २०७७ चैत २० गते १९:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI