ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, २ घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत २२ गते ८:३६
ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, २ घाइते

हेटौंडा । मकवानपुरको भिमफेदी सानुटारमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी गाउँपालिका वडा नम्बर–१ सानुटारमा कन्टेनर ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हनेमा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ सिचाई टोल बस्ने २४ बर्षीय अनिश खड्का रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शनिबार राति भिमफदीको भैसेबाट हेटौंडातर्फ आउदै गरेको ना ५ख ८१२९को ट्रक र विपरीत दिसाबाट जाँदै गरेको ना १९ प ८९६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्किएर दुर्घटना भएको थियो ।
मोटरसाइकललाई ठक्कर दिएको कन्टेनर सडकबाट एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक अविनास अधिकारीले जानकारी दिए ।

उक्त दुर्घटनामा २ जना घाइते भएका छन् । घाइते हुनेमा कन्टेनरका चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–२२ दुई नम्बर पुल बस्ने अन्दाजी ३२ वर्षका मधुकर विष्ट र कन्टेनरका मालिक मकवानपुरको भिमफदी गाउँपालिक वडा नम्बर–२ बस्ने वर्ष २८ का सुरेश घलान रहेको प्रहरी निरिक्षक अधिकारीले जनकारी दिए ।

घाइते चालक विष्ट हेटौंडास्थित चुरेहिल अस्पताल र अर्का घाइते घलानको चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीको भनाई छ ।

मृतक खड्काको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

प्रकाशित : २०७७ चैत २२ गते ८:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI