दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगितामा अभिषेक चर्च रजहर विजयी

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत २३ गते १९:५८
दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगितामा अभिषेक चर्च रजहर विजयी

राजु चापागाई/नवलपुर । देवचुली नगरपालिकामा संचालित दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता २०७७ मा अभिषेक चर्च रजहर विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ ।देवचुली नगरपालिकाको सहयोगमा देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना र फारम खेलकुद विकास समितिको सह आयोजनामा वरचुली मा वि को खेलमैदान फारममा आज अभिषेक चर्च रजहरका विरुद्ध देवचुली रातोबिच भएको खेलमा अभिषेक चर्च रजहर ५-० गोल अन्तरले विजयी भएको हो ।आज भएको निर्धारित समयको खेलमा अभिषेक चर्च रजहरका सन्जोक महर्जनले २ गोल, सरोज क्षेत्री, गणेश हमाल,विकास लामाले १/१ गोल गरेका थिए । आजको खेलमा अभिषेक चर्च रजहरका विकास लामा म्यान अफ दि म्याच भएका थिए।

नवलपुर जिल्लाका १६ वटा टिमहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाख ५० हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु ७५ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ । सेमिफाइनलमा पुग्ने टिमले रु २० हजार प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोकृष्ट गोलरक्षक , सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । भोली पहिलो चरणको अन्तिम खेल भगवती युवा क्लब र फारम पहेँलोबिच हुने खेल संयोजक विष्णुकुमार वाग्लेले जानकारी दिनुभयो ।

प्रकाशित : २०७७ चैत २३ गते १९:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI