नेपाल पत्रकार महासंघ नवलपुरको अध्यक्षमा पराजुली

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत २५ गते १७:२८
नेपाल पत्रकार महासंघ नवलपुरको अध्यक्षमा पराजुली

नेपाल पत्रकार महासंघ नवलपुरको अध्यक्षमा विरेन्द्र पराजुली सर्वसम्मत चयन भएका छ्न ।

प्रेस युनियन, क्रान्तिकारी पत्रकार महासंघ, प्रेस चौतारी, प्रेस संगठन गरी ५ संगठनबीच सहमति भए पछि जिल्ला कार्यसमितिको सबै पदहरुमा सर्वसम्मत भएको हो । समितिको उपाध्यक्षमा नविन पौडेल, महिला उपाध्यक्षमा मुना दाहाल, सचिवमा विष्णुप्रसाद गौडेल, सहसचिवमा श्रीधर उपाध्याय, समावेशी सहसचिवमा धनु भुषाल, कोषाध्यक्षमा बुद्धिराज कडरिया निर्वाचित भएका हुन् ।

त्यसैगरी सदस्यहरुमा अग्निधर लुईटेल (अर्जुन अविरल), अजय पौडेल, सञ्जय भट्टराई, राजु चापागाई, अर्जुन सापकोटा, टोलबहादुर राना, भविष्वर पाण्डे, दयाराम आचार्य, खगेन्द्र पराजुली, गंगा विश्वकर्मा र यमबहादुर सोमै सर्वसम्मत निर्वाचित भएका हुन् ।

जिल्लाका सबै पदहरुमा सर्वसम्मत भए पछि बुधबार प्रदेश र केन्द्रका लागि मात्रै मतदान भएको छ ।

 

 

प्रकाशित : २०७७ चैत २५ गते १७:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI