नेपाल पत्रकार महासंघ चितवन शाखाको अध्यक्षमा नारायण अधिकारी विजयी

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत २६ गते ८:४१
नेपाल पत्रकार महासंघ चितवन शाखाको अध्यक्षमा नारायण अधिकारी विजयी

भरतपुर, २६ चैत ।
नेपाल पत्रकार महासंघ चितवन शाखाको अध्यक्षमा नारायणप्रसाद अधिकारी विजयी भएका छन् ।
बिहिबार बिहान सकिएको मतगणनापछि अधिकारी विजयी भएको घोषणा गरिएको हो ।

महासंघको बुधबार सम्पन्न निर्वाचनमा कुल २६६ मत खसेको थियो । अध्यक्ष पदमा निर्वाचित अधिकारीले कुल १४६ मत प्राप्त गरेका छन् । अध्यक्ष पदमा अधिकारीसँगै तिलकप्रसाद रिमाल र सूर्यप्रकाश कँडेलले पनि उम्मेदवारी दिएका थिए । रिमालले ११२ मत ल्याएका छन् भने कँडेलले ४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपाध्यक्षतर्फ प्रकाशमणि ज्ञवाली विजयी भएका छन् । महिला उपाध्यक्षमा प्रमिता ढकाल विजयी भएकी छन् । सचिवमा दीपेन्द्र अधिकारी, कोषाध्यक्षमा राजेन्द्र आचार्य र सहसचिवमा आनन्द पोखरेल विजयी भएका छन् ।

त्यस्तै समावेशी सहसचिवतर्फ उर्गेन तामाङ विजयी भएका छन् ।

प्रकाशित : २०७७ चैत २६ गते ८:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI