महासंघ केन्द्रीय सदस्यमा गण्डकीबाट त्रिभुवन र प्रदीप निर्वाचित

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत २६ गते ९:०८
महासंघ केन्द्रीय सदस्यमा गण्डकीबाट त्रिभुवन र प्रदीप निर्वाचित

पाेखरा । नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्यमा  लाेकतान्त्रिक समूहका त्रिभुवन पाैडेल र प्रदीप काफ्ले विजयी भएका छन् । निर्वाचन समितिले आधिकारिक घाेषणा नगरे पनि ११ वटै जिल्लाबाट प्राप्त नतिजा अनुसार उनीहरु विजयी भएका हुन् ।

त्रिभुवन पौडेलले ६ सय ३९ र प्रदीप क़ाफ्लेले  ५ सय ५३ मत ल्याएका छन् ।
पाैडेलले कास्कीबाट  सबैभन्दा बढी २ सय २४ मत प्राप्त गरेका छन् । साेही प्यानलका प्रदीप काफ्लेले कास्कीबाट १ सय ३४ मत ल्याएका छन् ।

अर्काे प्यालनका रामजीप्रसाद लम्सालले  कास्कीबाट १ सय ३६ र भीमलाल श्रेष्ठले ६६ मत ल्याएका छन् ।

कास्कीमा ३ सय १२ मतदाता रहेकामा ३ सय ५ मत खसेकाे थियाे ।

प्रदेशका ११ वटै जिल्लाबाट मत परिणाम आएपछि आधिकारिक रुपमा अन्तिम नतिजा प्रकाशन गरिने छ ।

प्रकाशित : २०७७ चैत २६ गते ९:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI