पत्रकार महासंघ गण्डकी प्रदेशमा प्रेस युनियन नेतृत्वको महागठबन्धन सबै पदहरुमा विजयी

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत २६ गते १६:१३
पत्रकार महासंघ गण्डकी प्रदेशमा प्रेस युनियन नेतृत्वको महागठबन्धन सबै पदहरुमा विजयी

कावासोती । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको बुधबार सम्पन्न निर्वाचनबाट नेपाल प्रेस युनियनको नेतृत्वमा बनेको महागठबन्धन सबै पदहरुमा विजयी भएको छ ।

बिहीवार बिहान सम्पन्न मतगणना अनुसार प्रदेश अध्यक्षमा महागठबन्धनका तर्फ बाट उम्मेदवार रहेका नारायणप्रसाद शर्मा दिपेन्द्र श्रेष्ठलाई १२४ मतको अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । शर्माले ५३८ प्राप्त गर्दा श्रेष्ठले ४१४ मत पाएका थिए ।

त्यसै गरि समितिको उपाध्यक्षमा दिपक भट्टराई(५२२ मत) महिला उपाध्यक्षमा सोनी शर्मा (५५२ मत) र महासचिवमा गोविन्दप्रसाद सुवेदी (५७३ मत)विजयी भएका छ्न ।

त्यसै गरि खुला सचिवमा यदुनाथ बन्जारा(५९२ मत) समावेशी सचीवमा सुशिलबाबू श्रेष्ठ (५२४ मत) कोषाध्यक्षमा राजेन्द्र न्यौपाने (४५३ मत) निर्वाचित भएका हुन ।

सातवटा खुल्ला सदस्यमा पदमा महागठबन्धनकै ताराप्रसाद शर्मा(६०९ मत) पर्शुराम शर्मा आचार्य (६०६ मत) प्रकाश डोटेल (६०५ मत)प्रदिप पौडेल (६६७ मत) रमेश बस्ताकोटी (५३२ मत) लोकेन्द्रबहादुर सुनार (५३४ मत) र सुनिल पाण्डे (६२६ मत) विजयी भएका निर्वाचन समितिले जनाएको छ । त्यसै गरि ३ वटा महिला सदस्य तर्फ रन्जिता शर्मा (५५५ मत) राधिका शर्मा कंडेल (६१८ मत) र रोशनि गुरुङ (५६९ मत) , दलित सदस्यमा सानेबहादुर नेपाली (५२० मत) आदिवासी जनजाती सदस्यमा रामजी राना ( ५४९ मत) र रुद्रबहादुर थापा (५७० मत) र अल्प संख्यक सदस्यमा पदम छ्न्त्याल (५५४ मत)विजयी भएका छ्न ।

प्रकाशित : २०७७ चैत २६ गते १६:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI