पछिल्लो २४ घन्टामा ३३२ जनामा कोरोना संक्रमण, ७९ डिस्चार्ज

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत २६ गते १७:१०
पछिल्लो २४ घन्टामा ३३२ जनामा कोरोना संक्रमण, ७९ डिस्चार्ज

काठमाडौं : पछिल्लो २४ घन्टामा थप ३३२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। ४ हजार ६ नमूना पीसीआर परीक्षण गराउँदा ३३२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घन्टामा ७९ जना डिस्चार्ज भएका छन्। यो सहित कोरोनाबाट मुक्त हुनेको संख्या २ लाख ७३ हजार ६०८ पुगेको छ। मन्त्रालयका अनुसार २४ २४ सय ५४ जना कोरोनाका सक्रिय संक्रमित छन्।

हाल ७७ जना क्वारेन्टाइन र २४ सय ५४ जना क्वारेन्टाइमा छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३८ पुगेको छ।

प्रकाशित : २०७७ चैत २६ गते १७:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI