विद्यालय र भीडभाडयुक्त क्षेत्र पुनः बन्द गर्न मन्त्रालयको सिफारिस

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत २७ गते १३:५१
विद्यालय र भीडभाडयुक्त क्षेत्र पुनः बन्द गर्न मन्त्रालयको सिफारिस
काठमाडौं । पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको छ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई दोस्रो लहरको कोरोनाभाइरस महामारी आएको र यो थप फैलन सक्ने भएकोले सावधानी अपनाउनका लागि विद्यालयलगायत भीडभाडयुक्त क्षेत्र बन्द गर्न मन्त्रालयले बिहीबार सिफारिस गरेको हाे ।

 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले विद्यालय बन्द गर्न र पठनपाठन अनलाइनबाट नै गराउन सिफारिस गरिएकाे हाे । स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना नगरे कोरोना संक्रमण बढ्ने भएकाले पुनः विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्नका लागि सिफारिस गरिएको उहाँको भनाइ छ ।

सिसिएमसीलाई भीडभाड हुने क्षेत्रहरू जस्तैः विद्यालयल, सिनेमा हल, रेन्टुरेन्ट, पार्टी प्यालेस बन्द गर्न मन्त्रालयले सिफारिस गरेको बताइएकाे छ । यदि मन्त्रालयकाे सिफारिस कार्यान्वयन भएमा कोरोना संक्रमणकै जाेखिमका कारण लामाे समय बन्द रहेर विगत केही महिनादेखि सञ्चालनमा रहेका विद्यालयहरु पुनः बन्द हुने भएका छन् ।

प्रकाशित : २०७७ चैत २७ गते १३:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI