दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता: अभिषेक चर्च रजहर सेमिफाइनलमा प्रवेश

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत २७ गते १८:४२
दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता: अभिषेक चर्च रजहर सेमिफाइनलमा प्रवेश

राजु चापागाई, नवलपुर । देवचुली नगरपालिकामा संचालित दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता २०७७ मा अभिषेक चर्च रजहर विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।देवचुली नगरपालिकाको सहयोगमा देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना र फारम खेलकुद विकास समितिको सह आयोजनामा वरचुली मा वि को खेलमैदान फारममा आज अभिषेक चर्च रजहरका विरुद्ध फारम पहेँलोबिच भएको क्वाटर फाइनलको खेलमा अभिषेक चर्च रजहर ४-२ गोल अन्तरले विजयी भएको हो ।खेलमा अभिषेक चर्च रजहरका निरज चौधरीले २ गोल, सन्जोक महर्जन, र गणेश हमालले १/१ गोल गरेका थिए भने फारम पहेँलोका तर्फबाट बिक्की राई र विपिन गोल गरेका थिए। आजको खेलमा अभिषेक चर्च रजहरका जितेश गुरुङ म्यान अफ दि म्याच भएका थिए।

नवलपुर जिल्लाका १६ वटा टिमहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाख ५० हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु ७५ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ । सेमिफाइनलमा पुग्ने टिमले रु २० हजार प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोकृष्ट गोलरक्षक , सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । भोली क्वाटर फाईनल अन्तर्गत अन्तिम खेल युनाइटेड रजहर फुटबल क्लब र केउरानी युवा क्लबबिच हुने खेल संयोजक विष्णुकुमार वाग्लेले जानकारी दिनुभयो ।

प्रकाशित : २०७७ चैत २७ गते १८:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI