गैँडाको माउसँग छुट्टिएकी अञ्जलीको उद्धार

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत २८ गते ११:००
गैँडाको माउसँग छुट्टिएकी अञ्जलीको उद्धार

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कुजौलीमा माउसँग छुट्टिएको अवस्था एक गैँडाको बच्चालाई उद्धार गरिएको छ ।

नवलपरासीको दिव्यपुरीको पारिपट्टी नारायणी नदीको टापुमा उक्त गैँडाको केटी माउसँग छुट्टिएको अवस्थामा भेटिएपछि उद्धार गरेर सौराहा ल्याइएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख बाबुराम लाकिछानेले जानकारी दिए ।

केटो जन्मिएको दुई हप्ता जतिको पोथी उक्त बच्चा निकुञ्जका सेनाले एक्लो देखेको र दिनभर निगरानी गर्दा माउसँग भेटिएको र बच्चालाई जंगल छाड्दा बाघले खान सक्ने भएको कारण उद्धार गरिएको उनले बताए ।

उक्त केटी गैँडालाई ल्याक्टोजिन दूघ खुवाएर पालन पोषण गर्दै आएको छ । ६ दिन अगाडि भटिएकी उक्त गैँडाको बच्चा स्थानमा हुर्कंदै आएकी पुष्पासँगै राखिएको छ । उद्धार गरी ल्याइएको उक्त गैँडाको बच्चालाई अञ्जली नाम दिइएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले विभिन्न वन्यजन्तुको बच्चा र घाइते अवस्थामा भेटिएका वन्यजन्तुहरुलाई उद्धार गरी औषधि उपचारका साथै पालनपोषण गर्दै आएको छ ।

कोषले हालसम्म २० वटाभन्दा बढी गैँडाको बच्चाको उद्धार गरी पालनपोषण गरी विभिन्न स्थानमा छाड्ने गरेको छ ।

प्रकाशित : २०७७ चैत २८ गते ११:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI