थपिए १ सय ७ गैंडा

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत २८ गते १८:२९
थपिए १ सय ७ गैंडा

 

चितवन: २०१५ मा गरिएको गणनादेखि हालसम्म नेपालमा १ सय सात नयाँ गैँडा थपिएका छन् । यसअघि २०१५ मा ६ सय ४५ थिए ।

चितवन राष्ट्रिय निकुन्जमा सबैभन्दा बढी ६९४ पुगेको छ । त्यस्तै बर्दिया राष्ट्रिय निकुन्जमा ३८, शुक्लाफाँटा राष्ट्रिय निकुन्जमा १७ र पर्सा राष्ट्रिय निकुन्जमा ३ वटा छन् ।

वन तथा वातावरण मन्त्रालयको तर्फबाट मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले गैँडाको संख्या सार्वजनिक गरेका हुन् । सौराहामा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । गैँडाको संख्या वृद्धिले संरक्षणको लगानी खेर नगएको ओलीले बताए । चैत्र ९ गतेदेखि थालिएको गणना चैत्र २७ गते सम्पन्न भएको हो ।

२०१५ मा गरिएको गणनादेखि हालसम्म नेपालमा १ सय सात नयाँ गैँडा थपिएका छन् । यसअघि २०१५ मा ६ सय ४५ थिए ।

चितवन राष्ट्रिय निकुन्जमा सबैभन्दा बढी ६९४ पुगेको छ । त्यस्तै बर्दिया राष्ट्रिय निकुन्जमा ३८, शुक्लाफाँटा राष्ट्रिय निकुन्जमा १७ र पर्सा राष्ट्रिय निकुन्जमा ३ वटा छन् ।

वन तथा वातावरण मन्त्रालयको तर्फबाट मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले गैँडाको संख्या सार्वजनिक गरेका हुन् । सौराहामा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । गैँडाको संख्या वृद्धिले संरक्षणको लगानी खेर नगएको ओलीले बताए । चैत्र ९ गतेदेखि थालिएको गणना चैत्र २७ गते सम्पन्न भएको हो ।

प्रकाशित : २०७७ चैत २८ गते १८:२९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI