मौसम पूर्वानुमान : आज र भोलिको मौसम कस्तो रहला ?

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत २९ गते ७:४३
मौसम पूर्वानुमान : आज र भोलिको मौसम कस्तो रहला ?

मौसम पूर्वानुमान महाशाखाले आइतबार र सोमबारको मौसम पूर्वानुमानबारे जानकारी दिएको छ ।

महाशाखाका अनुसार आइतबार साँझ र सोमबार दिउँसो हल्का वर्षा हुनसक्ने सम्भावना रहेको छ ।

महाशाखाले आज देशमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

बिहानको मौसमको अवस्थाबारे जानकारी दिँदै महाशाखाले देशको पहाडी भूभागहरूमा आंशिक बदली  रहेको र बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

यसैगरी आइबार दिउँसो दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा  रहनेछ।  भने, पहाडी भूभागका एक वा दुई स्थानमा अपरान्हपछि मेघगर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति  देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा  रहने छ ।

त्यस्तै, सोमबार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा  रहनेछ।

भने, सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरुमा अपरान्हपछि मेघगर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी, सोमबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका एक वा दुइ स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित : २०७७ चैत २९ गते ७:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI