No ads found for this position

दिल्ली क्यापिटल्सले सुखद सुरुवात

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत २९ गते ७:५२
No ads found for this position
दिल्ली क्यापिटल्सले सुखद सुरुवात
No ads found for this position

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा दिल्ली क्यापिटल्सले सुखद सुरुवात गरेको छ । शनिबार भएको खेलमा दिल्लीले चेन्नेईले सुपर किङ्समाथि ७ विकेटको जित निकालेको हो ।

१८९ रनको लक्ष्य दिल्लीले १८ ओभर चार बलमा मात्रै तीन विकेटको क्षतिमा भेट्टायो । दिल्लीलका लागि शिखर धावनले ८५ रनको अर्धशतकीय पारी खेले । ५४ बल खेलेका उनले १० चौका र २ छक्का प्रहार गरे ।

 

पृथ्वी श्वले ३८ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ७२ रन जोडे । दिल्लीका लागि कप्तान रिषव पन्तले १५ रन बनाउँदा मार्कुस स्टोइनिसले १४ रन बनाए । बलिङतर्फ चेन्नईका लागि शार्दुल ढाकुरले २ विकेट लिँदा डोनी ब्राभोले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको चेन्नेईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १८८ रन बनायो । चेन्नईका लागि सुरेश रैनाले ५४ रनको अर्धशतकिय इनिङ्स खेले । त्यस्तै साम कुरानले ३४ रन बनाए ।

चेन्नेईका लागि मोइन अलीले ३६, आम्बाती रायडुले २३ र रविन्द्र जडेजाले २६ रनको अविजित पारी खेले । दिल्लीका क्रिस वाक्स र अभेष खानले समान दुई/दुई विकेट लिए । त्यस्तै रविचन्द्रन आश्विन र टोम कुरानले समान एक रएक विकेट लिए ।

प्रकाशित : २०७७ चैत २९ गते ७:५२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI