दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता: गैंडाकोट फुटबल क्लब फाइनलमा प्रवेश

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत २९ गते १९:५२
दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता: गैंडाकोट फुटबल क्लब फाइनलमा प्रवेश

राजु चापागाईं/नवलपुर । देवचुली नगरपालिकामा संचालित दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता २०७७ मा गैंडाकोट फुटबल क्लब विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ ।देवचुली नगरपालिकाको सहयोगमा देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना र फारम खेलकुद विकास समितिको सह आयोजनामा वरचुली मा. वि. को खेलमैदान फारममा आज गैंडाकोट फुटबल क्लबका विरुद्ध अभिषेक चर्च रजहरबिच भएको सेमिफाइनलको निर्धारित समयको खेलमा २-२ को बराबरी गोल हुँदै ट्राईबेकरमा गैंडाकोट फुटबल क्लब ४-३ गोल अन्तरले विजयी भएको हो । खेलमा गैंडाकोट फुटबल क्लबका सुमन मगरले २ गोल गरेका थिए भने अभिषेक चर्च रजहरका तर्फबाट निरज चौधरी र सुशील यादवले १/१ गोल गरेका थिए। आजको खेलमा गैंडाकोट फुटबल क्लबका गोलरक्षक विधान बोहोरा म्यान अफ दि म्याच भएका थिए।

नवलपुर जिल्लाका १६ वटा टिमहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाख ५० हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु ७५ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ । सेमिफाइनलमा पुग्ने टिमले रु २० हजार प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोकृष्ट गोलरक्षक , सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । भोली सेमिफाइनलको अन्तर्गतको दोस्रो खेल केउरानी युवा क्लब र भानु युथ एकेडेमीबिच हुने खेल संयोजक विष्णुकुमार वाग्लेले जानकारी दिनुभयो ।

प्रकाशित : २०७७ चैत २९ गते १९:५२
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI