चितवनको राप्तीमा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत २९ गते २१:४७
चितवनको राप्तीमा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु

चितवन । चितवनको राप्ती नगरपालिका–११ चिउरीटार खोलामा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

उपचारको क्रममा पुरानो मेडिकल कलेजमा चार जना र भरतपुर अस्पतालमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले  जानकारी दिए ।

ना १ च ६२८२ नम्बर ट्याक्टर दुर्घटना आज साँझ दुर्घटनामा परेको थियो । ट्याक्टरमा २२ जना भन्दा बढी सवार थिए । केही घाइतेहरुलाई अझै भरतपुर ल्याउने क्रम जारी रहेको प्रवक्ता थापाले जानकारी दिए ।

घाइते मध्ये केहीको अवस्था गम्भिर छ । राप्ती नगरपालिका–११ मा घर ढलान गरेर फर्किने क्रममा ट्याक्टर दुर्घटनामा परेको हो ।

प्रकाशित : २०७७ चैत २९ गते २१:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI