दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता: भानु युथ एकेडेमी फाईनलमा प्रवेश

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत ३० गते १८:५०
दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता: भानु युथ एकेडेमी फाईनलमा प्रवेश

राजु चापागाई, नवलपुर । देवचुली नगरपालिकामा संचालित दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता २०७७ मा भानु युथ एकेडेमी विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ ।देवचुली नगरपालिकाको सहयोगमा देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना र फारम खेलकुद विकास समितिको सह आयोजनामा वरचुली मा. वि. को खेलमैदान फारममा आज भानु युथ एकेडेमीका विरुद्ध केउरानी युवा क्लबबिच भएको सेमिफाइनलको खेलमा भानु युथ एकेडेमी ४-१ गोल अन्तरले विजयी भएको हो । विजयीसँगै भानु युथ एकेडेमीले उपाधिका लागि गैंडाकोट फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । खेलमा भानु युथ एकेडेमीका सन्जिव मोक्तानले २ गोल, मनिष ठाडा मगर र शिव बोटेले १/१ गोल गरेका थिए भने केउरानी युवा क्लबका तर्फबाट सुभाष पारले १ गोल गरेका थिए। आजको खेलमा भानु युथ एकेडेमीका मनिष ठाडा म्यान अफ दि म्याच भएका थिए।

नवलपुर जिल्लाका १६ वटा टिमहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाख ५० हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु ७५ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ । सेमिफाइनलमा पुग्ने टिमले रु २० हजार प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोकृष्ट गोलरक्षक , सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल बिहिबार गैंडाकोट फुटबल क्लब र भानु युथ एकेडेमीबिच हुने खेल संयोजक विष्णुकुमार वाग्लेले जानकारी दिनुभयो ।

प्रकाशित : २०७७ चैत ३० गते १८:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI