देशैभर तुवाँलो

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत ३१ गते १२:४७
देशैभर तुवाँलो

काठमाडौं । अहिले देशैभर तुवाँलो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका धेरै स्थानमा तुवाँलो रहेका कारण भिजिबिलिटी न्यून रहेको छ ।

मौसम खुल्न केही दिन अझै लाग्ने उनले बताइन् । अपरान्हपछि सामान्य फेरबदल हुन सक्ने उनको भविश्यवाणी छ ।

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली  रहेको छ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ  ।

दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा  रहने छ।  पहाडी भूभागका एक–दुई स्थानमा अपरान्हपछि मेघगर्जन–चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका केही भूभागमा तुँवालोको असर रहने छ।

काठमाडौंको तापक्रम अहिले १४ डिग्री रहेको छ । दिउँसोको अधिकतम तापक्रम २८ देखि ३० डिग्रीसम्म हुन सक्नेछ । ।

मौसमविद् शाक्यले डढेलो नै अहिले मौसम बिगार्ने प्रमुख कारण रहेको बताइन् । उनले पश्चिमी वायुको प्रभावले नप िअसर पारेको बताइन् ।

उनले देशभर भारी वर्षा नभएसम्म मौसम नखुल्ने र प्रदूषण नहट्ने बताइन् ।

प्रकाशित : २०७७ चैत ३१ गते १२:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI