आज नयाँ वर्ष : जीवनलाई आर्थिक रुपमा नयाँ उचाइमा पुर्‍याउन यी ‘टेक्निक’ अपनाउनुहोस्

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख १ गते ८:३१
आज नयाँ वर्ष : जीवनलाई आर्थिक रुपमा नयाँ उचाइमा पुर्‍याउन यी ‘टेक्निक’ अपनाउनुहोस्

आज नयाँ वर्ष : जीवनलाई आर्थिक रुपमा नयाँ उचाइमा पुर्‍याउन यी ‘टेक्निक’ अपनाउनुहोस्


प्रकाशित मिति : २०७८, १ बैशाख बुधबार ०७:०७

काठमाडौं – नयाँ वर्षसँगै क्यालेण्डर मात्र फेरिँदैन । हरेक देशले आफ्नो आगामी वर्षको वार्षिक योजना समेत बनाउने गर्दछन् । आज नेपालमा नयाँ वर्ष । २०७८ सालको पहिलो दिन। त्यसैले जीवनलाई सकारात्मक कामबाट आर्थिक रुपमा नयाँ उचाइमा पुर्‍याउन अपनाउनुपर्ने केहि टिप्सहरु यहाँ हामीले प्रस्तुत गरेका छौँ।

संकल्प : पहिलो शर्त ! 

हरेक देशले नयाँ वर्षमा वार्षिक कार्य योजनाको तयारी, बजेटको बाँडफाँड, विशेष क्षेत्रको निर्धारण साथै देशले एक वर्षमा के के गर्ने भन्ने समेत योजना बनाउने गर्दछन् । देशले मात्र होइन देश भित्रका प्रत्येक मानिसहरुले एक सालभरिमा गरिने कामको फेहरिस्त तयार गर्ने गरेका हुन्छन् । जस्तो कि व्यवसाय गर्ने साथै बैंक तथा वित्तले एक वर्षमा कति नाफा कमाउने केही मानिसहरुले त नयाँ वर्षबाट आफूमा भएको नकारात्मक कुलत छाड्ने संकल्प समेत गर्ने गरेका हुन्छन् । तपाईले पनि त्यस्तै केही नयाँ संकल्प त गर्नुभएको थियो होला ? या यो नयाँ वर्षबाट पनि केही नयाँ गर्नेबारे सोचिरहनु भएको छ ?

दोस्रो : यी प्रश्नको जवाफ दिनुहोस् : 

करिव एक वर्ष अघि यसैगरि २०७६ लाइ विदाइ गर्दै गर्दा तपाईले २०७७ मा केही नयाँ गर्ने संकल्प त पक्कै गर्नुभएको थियो । एक पटक सम्झनुहोस् त के – के पूरा गर्न सफल हुनुभयो ? र के के कुरा अधुरै रह्यो ? अनि के छ, यो वर्षको तपाईको योजना ? साथै के – के योजनामार्फत् तपाइले नयाँ वर्ष २०७८ लाई विशेष बनाउन लाग्नुभएको छ ?

हुन त कोरोना भाईरस ‘कोभिड – १९’ का कारण पनि हाम्रा योजना रोकिएका छन् तर यो केहि समयको लागि हो । बाँकी फेरी जीवन आफ्नै लयमा फर्किँदा तपाईले पनि लय समात्नुपर्छ । त्यसैले यहाँ आर्थिक रुपमा सम्पन्न हुने टिप्स दिइएको छ ।

तपाई हामी जीवन चलाउने सिलसिलामा फरक फरक क्षेत्रबाट अघि बढिरहेका हुन्छौँ । जुन क्षेत्र तपाईले रोज्नु भएको छ त्यसमा राम्रो गर्न सक्नु नै तपाईको सफलता मानिन्छ । साथै सफल हुनका लागि आफ्नो क्षेत्रमा फरक तरिकाले काम गर्नुपर्ने हुन्छ। तपाई जुन क्षेत्रमा आवद्ध भएतापनि बैंक तथा वित्तीय क्षेत्रसँग त जोडिएकै हुनुहुन्छ । नयाँ वर्षमा पारिवारिक मात्र नभएर आर्थिक पक्ष समेत सफल बनाउनका लागि तपाईले के के योजना बनाउनुभएको छ । नयाँ वर्षमा तपाईले बनाएका योजनामा तलका योजनाहरु मिलेका छन् त हामीले तपाईले बनाएका योजनामा थप हौसला प्रदान गर्नका लागि केही योजना ल्याएका छौ ।

बैंक खाता

विश्वमा क्यास लेस अर्थतन्त्रको समेत परिकल्पना गर्न थालिएको छ । पछिल्लो समय मानिसहरुले रुपैयाँको कारोबारलाई त्यति भरपर्दो मान्न छाडेका छन् । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने अझैपनि बैंकिङ पहुँच नपुगेका धेरै ठाउँहरु छन् । तर जति नेपालीहरुले बैंकको सुविधा प्रयोग गरेका छन् तिनले यी यस्ता कुरामा सचेत बनेका छन्।

नगद आवश्यक परेको बेलामा वा आफूसँग भएको रकम सुरक्षित गर्ने सजिलो माध्यम हो बैंक । विभिन्न खाताहरु मार्फत् बैंकले सेवा प्रदान गरिरहेको हुन्छ । तर के तपाईसँग बैंकको खाता छ बैंकबाट हुने सेवाहरु मार्फत् कारोबारमा सहजता ल्याउन चाहनुहुन्छरु त्यसका लागि बैंकमा खाता बनाउने योजना नयाँ वर्षबाट बनाउनुहोस् । जसले तपाइको अति आवश्यकीय खण्डमा मद्धत समेत गर्नेछ ।

बीमा गर्नुहोस्

वर्तमानको लगानीले भविष्यमा आइपर्ने समस्या समाधानका लागि गरिने तयारी नै वीमा हो । अझै पनि मानिसहरु वीमाको बारेमा भ्रमित तथा अनविज्ञ रहेका छन् । बीमाले तपाई र तपाईको परिवारलाई सुखी र खुसी राख्नका लागि समेत मद्धत गर्दछ । नेपालमा वीमा गर्ने धेरै कम्पनीहरु रहेका छन् । मानिसको हर क्षण चुनौतीपुर्ण रहेको छ । कति बेला को कहाँ दुर्घटनामा पर्न सक्छ थाहा छैन । त्यसैले दुर्घटनाको जोखिम हस्तान्तरणको लागि पनि समेत वीमा गर्नुपर्दछ । तर वीमा गर्ने भन्ने वित्तिकै जुन पायो त्यहिबाट गर्न हुँदैन । बुझेर आफूलाइ सबै माध्यमबाट भरपर्दो लागेको कम्पनीमार्फत् बीमा गर्नुहोस् जसले तपाईको यही नयाँ वर्षमार्फत् जीवनलाई नै नयाँ उचाइमा पुर्‍याउन मदत गर्दछ ।

वित्तीय साक्षरता

पैसा र मानिसको सम्बन्ध हर तरहबाट जोडिएको हुन्छ । प्रत्येक दिन तथा प्रत्येक क्षण मानिस पैसाकै लागि केही न केही गरिरहेको हुन्छ । तर धन आर्जन गर्नका लागि कसैलाइ सहज हुन्छ त कसैलाइ केही असहज परिस्थिती सामाना गर्नु परिरहेको हुन्छ । भनिन्छ नि, पैसालाई पैसाले नै तान्ने गर्दछ । त्यसका लागि तपाईसँग वित्तीय साक्षरता हुनुपर्दछ । जसले तपाइसँग भएको स साना पुँजीलाई संचित गरि ठुलो आर्थिक लाभको भागिदार बनाउन सक्छ । आफुसँग भएको नगदलाइ कसरी र कुन ठाँउमा लगानी गर्ने भन्ने मेसोमेलोे नजान्नाले धेरै मानिसहरु व्यवसायबाट टाट पल्टिएका उदाहरणहरु प्रशस्त मात्रामा रहेका छन् । नयाँ वर्षबाट आफुलाई आर्थिक हिसावले नयाँ उचाइमा पुर्याउनका लागि समेत वित्तीय ज्ञान लिनुहोस् ।

उद्यमशीलतामा जोड

नयाँ वर्षमा तपाईले बनाउनु भएको योजनामा उद्यमशीलतामा जोड दिने कुरालाई समावेश गराउनुभएको छ रु यदि छैन भने पनि योजना बनाउनुहोस् । हरेक मानिसलाई सफल उसले बनाएको धारणाले बनाउने गर्दछ । यदि तपाईले पनि आफुलाइ उद्यमशील बनाउने संकल्प गरेर लाग्नुभयो भने अवस्य सफल हुनुहुनेछ । उद्यमशील सोचले मानिसहरुलाई आत्मनिर्भर भइ जीवन चलाउन सक्ने मात्र होइन अरुलाई समेत आश्रित बनाउँदछ । त्यसैले यो नयाँ वर्षबाट केही गर्ने संकल्प गर्नुहोस् जबकी अर्को नयाँ वर्षसम्ममा तपाइ व्यवसायीक रुपमा समेत सफल हुनुहुनेछ ।

लगानीमुखी सोच बनाउनुहोस्

तपाई भविष्यमा व्यवसायी बन्ने सोचमा हुनुहुन्छ भने नयाँ वर्षको नयाँ प्रहरबाट पूँजी संकलनमा जोड दिनुहोस् । साथसाथै कुन क्षेत्रमा लगानी गर्ने तथा अनुमानित कति लगानी लाग्दछ भन्ने कुराको समेत निक्र्यौल गर्नुहोस् । आफूले अनुमान गरेको रकम पुरा हुने बित्तिकै लगानी गर्नुहोस् ।

स्वभावैले मानिस जन्मदिन नयाँ वर्ष तथा अन्य पर्वहरु केही नयाँ गरेर मनाउन चाहन्छन् । त्यस्ता विशेष दिनबाट पहिले भन्दा फरक तरिकाबाट अगाडी बढ्ने संकल्प समेत गरिन्छ । विश्वभर हर्सोल्लासको साथ नयाँ वर्ष मनाइरहँदा विश्व मानचित्रको दक्षिण एशियाली मूलुक नेपाल पनि अलग रहन सकेको छैन । नेपालले अन्य मूलुकको भन्दा फरक किसिमको वार्षिक क्यालेन्डर अनुसार काम कारवाही चलाइरहेको छ ।

समसामयिक विषयमा जानकार हुनुहोस् 
अब समय फेरियो । धन दौलतले मात्रै तपाईहाम्रो सम्पन्नताको मापन गर्दैन । यसर्थ तपाईले हरेक सामाजिक सरोकारका विषयमा केहि न केहि जानकारी राख्नुपर्छ ।

नयाँ वर्षको शुभकामना

प्रकाशित : २०७८ वैशाख १ गते ८:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI