लाभबेला दुईपटक भएको यस्तो हुनेछ नयाँ वर्षको पहिलो दिन

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख १ गते ८:४३
लाभबेला दुईपटक भएको यस्तो हुनेछ नयाँ वर्षको पहिलो दिन

आज मिति २०७८ बैशाख १ गते बुधबार, इस्वीसंवत् अप्रिल १४ तारिख सन् २०२१, श्रीशाके १९४२, नेपाल संवत् ११४१, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । शिशिर ऋतु चलिरहेको छ ।

चान्द्रमान अनुसार चैत्रशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज चैत्रशुक्लपक्षको द्धितीय तिथि रहनेछ । आज भरणी नक्षत्र, विष्कुम्भादि योगमा प्रीति, करणमा तैतिल, आनन्दादि योगमा काण रहनेछ ।

सूर्य मेष राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । आज दिनमान ३१ घटि ५२ पला अर्थात् १२ घण्टा ३६ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर ४९ मिनेटमा तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर २७ मिनेटमा हुनेछ ।

आजको राशिफल
मेषः मेष राशि भएकाहरूका आज समय शुभ छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ । दानपुण्यका क्षेत्रमा लगानी हुन सक्छ । घरपरिवारबाट साथ सहयोग प्राप्त हुनेछ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन्, तर मन दोधार नबनाउनु होला, नत्र तपाईंले तिनलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न । स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् ।

वृषः वृष राशि भएकाहरूका लागि आज समय खराब रहनेछ, आज थोरै बोलेको राम्रो हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । शरीर भारि र मन अस्थिर रहने संकेत छ । आलस्य र थकानको अनुभूति हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यात्रा नगरेको जाति हुन्छ, चोटपटकको भय हुनेछ वा यात्राका क्रममा झर्कोलाग्दो र धनमाल हराउने सम्भावना पनि देखिंदैछ । आफैंले गरेको सानो त्रुटिका कारण कारण अपजस ब्यहोर्ने दिन छ, त्यसैले सावधान, संयम र सचेत भई काममा मन लगाउनु उचित हुनेछ । नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । परिवारका सदस्य वा नजिकैको साथीले पनि तपाईंका मनका भावना बुझी दिंदैनन् ।

मिथुनः आज मिथुन राशि भएकाहरूका लागि समय शुभ छ । प्रेमसम्बन्ध र प्रणयप्रसंगका लागि राम्रो दिन छ । प्रेममा सफलता प्राप्त हुनेछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउन सक्छन् । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुनसक्छ । पारिवारिक जीवनमा रमाइलोपना आउने छ । घरायसी काममा समय र धन खर्च हुनेछ । घरायसी प्रयोजनका र भोगविलाससँग समृद्ध सामाग्रीको किनमेल गरिने छ । आम्दानीमा कमी हुने छैन । पार्टनरसिपमा गरिएको कारोबारले राम्रो फाइदा दिनेछ । स्वास्थ्य राम्रो रहने छ ।

कर्कटः आज कर्कट राशिका लागि आज पनि समय सामान्य खालको छ । आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । सामान्यतया झैंझगडा र वादविवादमा फँस्नु राम्रो हुँदैन, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । आफन्त र मित्रवर्गको सहयोग पाइने समय नै छ । बन्द व्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नै सवारी साधनमा रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ । बन्द व्यापार र उद्योगधन्दामा फाइदा छ । वैदेशिक प्रयोजनको वा लामो दूरीको यात्राका लागि प्रयास हुनेछ । घरायसी र प्रेमसम्बन्धमा देखिएका तनाव र समस्याको अन्त्य हुुने सङ्केत छ, जीवनसाथीसँग दूरी बढ्ने छ ।

सिंहः आज सिंह राशि भएकाहरूका लागि आज पनि समय शुभ छैन । अवसर प्राप्त भए पनि परिस्थितिवश काममा अलमल हुनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला । कमीकमजोरी सुधार्ने मौका आए पनि बेसुरको निर्णयले समस्यामा पुर्याउनेछ । आफ्ना कमजोरी बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । व्यापारमा राम्रै फाइदा हुनेछ ।

कन्याः कन्या राशि भएकाहरूका लागि आज समय शुभ छैन । परिवार तथा आफन्तजनसँग मनमुटाब बढ्नेछ भने पति पत्नी तथा बीच अविश्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला, दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । आज पश्चिम दिशाको यात्रा नगर्नुहोला ।

तुलाः तुला राशि भएकाहरूका लागि आज समय र स्वास्थ्य भरोषाको छैन । आजको दिन भाग्यमा रहेको चन्द्रमा कमजोर छ । अर्काको भर पर्नुभन्दा पनि आफ्नै प्रयासमा गरिएका कामले फाइदा हुनेछ । धार्मिक, सामाजिक र पारमार्थिक काममा खट्नु पर्नेछ, तर विवादबाट टाढा रहनु होला । घरपरिवारबाट टाढा बस्नेहरूमा आज अचानक वैराग्यको भावना पलाउन सक्छ । व्यापार गर्नेले गलत निर्णय गर्ने सम्भावना छ, विशेष गरी लगानीका क्रममा जान्नेबुझ्ने र अनुभवीको राय लिनु राम्रो हुन्छ । भाग्यको चन्द्रमाको प्रभावले मन दार्शनिक विषयवस्तुमा केन्द्रित हुनसक्छ ।

वृश्चिकः वृश्चिक राशि भएकाहरूका लागि समय शुभ छ, कर्मसिद्धिको समय आएको छ । समाजको नेतृत्व बहन गर्नुपर्ने समय भएकाले सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । साथीभाइसित भेटघाट हुने योग छ । खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्ने समय छ । जग्गाजमिनको कारोबारबाट फाइदा लिन सकिने छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । स्वास्थ्य सबल रहनेछ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन, मिहिनेत गरेबमोजिम आम्दानी बढाउन सकिने छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । मातापिता र अभिभावकको आशीर्वादले काम गर्नेछ ।

धनुः धनु राशिका लागि आज समय शुभ छ । समाजमा सम्मानित र चर्चित व्यक्तिहरूको साथ सहयोग प्राप्त हुनेछ । परोपकारी काम र समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । सामाजिक र सांस्कृतिक क्रियाकलापमा संलग्न हुन मन लाग्नेछ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषि व्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ । आम्दानीमा कमी आउने छैन । अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ ।

मकरः मकर राशि भएकाहरूका लागि आज समय राम्रो छैन । मनमा डर र निराशाको अनुभूति गराउन सक्छ, तर परिश्रम गरेको कामबाट लाभ प्राप्त हुनेछ । एकोहोरो र जिद्दीपना त्याग्नु राम्रो हुनेछ । छरछिमेकमा असमझदारी बढ्न सक्छ । तर धार्मिक र सामाजिक क्षेत्र एवं मित्रवर्गको सहयोग प्राप्त हुनेछ । बन्द व्यापारमा सोचेजस्तै लाभ लिन कठिन हुनेछ । घरपरिवारमा पनि तनावको वातावरण सिर्जना हुनेछ । स्वास्थ्य भरोषाको रहनेछैन । शरीरमा फुर्तिलोपन कम हुनेछ । चिताएका काम बन्न कठिन छ । प्रणयसम्बन्ध र दाम्पत्य जीवनमा रमाइलोपनमा कमि आउनेछ । मान्यजन र अभिभावक वर्गबाट आशीर्वाद र सुझाव शिरोपर गर्नुहोला ।

कुम्भ कुम्भ राशिका लागि आज समय शुभ छ । मन फुरुङ्ग हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । कलकारखाना र बन्द व्यापारमा फाइदा हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक–सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । राजनैतिक र सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । घरपरिवार र सन्तति प्रतिको जिम्मेबारी बढ्ने छ । विश्वासको वातावरण बन्नेछ ।

मीन मीन राशि भएकाहरूका लागि आज समय खराब छ । बाह्रौं चन्द्रमा भएकाले सानातिना सरसामान हराउन सक्ने वा चोरी हुने सम्भावना छ, सचेतता अपनाउनु राम्रो हुन्छ । दूरदराजबाट प्रशन्नता र खुसीको समाचार आउन सक्छ । परोपकारका क्षेत्रमा काम गर्न मन लाग्नेछ । रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ, यद्यपि आज आर्थिक समस्या हल गर्ने उपाय देखा पर्नेछ । ठूलो महत्त्वाकांक्षा राखेर धनलगानी गर्नु राम्रो हुनेछैन, जुवातास र सट्टाबाजीबाट जोगिनु पर्छ । अनिच्छित जिम्मेबारी वहन गर्नुपरे पनि ख्याति बढ्ने सम्भावना छ ।

साइतः आज चन्द्रमा मेष राशिमा छन् । त्यसैले पूर्व बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज बुधबार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

प्रकाशित : २०७८ वैशाख १ गते ८:४३
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI