No ads found for this position

ट्वाइलेटमा मोबाइल प्रयोग गर्नुहुन्छ ? यस्ता हुन सक्छन् खतरा

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख १ गते २१:५४
No ads found for this position
ट्वाइलेटमा मोबाइल प्रयोग गर्नुहुन्छ ? यस्ता हुन सक्छन् खतरा
No ads found for this position

आजकल मानिसहरु मोबाइलबिना केही नसोच्ने भएका छन् । केही मिनेट टाढा बस्दा पनि अत्यासिन्छन् । सुत्दा, उठ्दा, खाँदा, हिँड्दा जतिबेला पनि यही मोबाइलमैै झुम्मिने जमात बढ्दो छ ।

हुँदाहुँदा ट्वाइलेटमा पनि मोबाइल छुट्दैन । धेरैलाई यो लत लागिसकेको छ । ट्वाइलेटमा मोबाइल प्रयोग गर्नुहुन्न भन्ने ज्ञान भएपनि उनीहरु त्यतिबेला अज्ञानी बनिदिन्छन् । धेरै मानिसहरु ट्वाइलेटमै लामो समयसम्म च्याट गर्ने, गेम खेल्ने, भिडियो हेर्ने लगायतका गतिविधि गर्छन् ।

यसर्थ सामान्य अवस्थामा भन्दा मोबाइल लिएर ट्वाइलेट जाँदा ट्वाइलेटमा धेरै समय खर्च हुन्छ । वास्तवमा ट्वाइलेट धेरै ब्याक्टेरिया हुने स्थलमध्ये एक हो । अझ धेरैले प्रयोग गर्ने साझा ट्वाइलेट छ भने त्यहाँ ब्याक्टेरियाको दर उच्च हुन्छ ।

ट्वाइलेटको पानी र हावामा ब्याक्टेरियाका कणहरू फैलिरहेका हुन्छन् । फोनको कभर र केसहरू सामान्यतया रबरबाट बनाइन्छ, जुन ब्याक्टेरियाहरूको लागि न्यानो र आरामदायी ठाउँ बनिदिन्छ ।

ट्वाइलेटमा साल्मोनेला, ईकोली, शिगेला, क्याम्पलोब्याटर जस्ता ब्याक्टेरियाहरु सक्रिय हुन्छन्, जुन मानव स्वास्थ्यका लागि निकै प्रतिकूल हुने चिकित्सा विज्ञानले पुस्टि गरिसकेको छ ।

साथै ट्वाइलेटमा ‘फ्लस’ गर्दा अथवा पानी हाल्दा युरिन तथा फोहोर वस्तुहरु केही फिटमाथिसम्म आउँछ र हावामा मिसिन्छ । जुन रोग संक्रमणको कारण बन्छ । जति पटक ‘फ्लस’ गर्नुहुन्छ उति पटक किटाणु हावामा फैलने गर्छ ।

ट्वाइलेटमा मोबाइल लिएर जाँदा त्यस्ता ब्याक्टेरिया हाम्रो मोबाइलमा जोडिन्छन् । साथै तपाईंलाई ग्यास्ट्रो र स्टेफ जस्ता भाइरसहरू फैलाउने जोखिम पनि हुन्छ, जुन तपाईंको फोनबाट सजिलै प्रसारित हुन्छ ।

ट्वाइलेटबाट निस्कँदा हामी हात त धुन्छौँ तर मोबाइल धुने कुरा आएन । अनि त्यही फोन हामी दिनभर हातले समात्छौँ, त्यहि हातले खाने कुरा खान्छौं ।

यस्तो हुँदा त्यहाँबाट ती ब्याक्टेरियाहरु बाहिर आउँछन् जुन हाम्रो पेटसम्म पुग्छन् । यसकारण चिकित्सकहरु ट्वाइलेट, अझ पब्लिक ट्वाइलेटमा मोबाइल लैजाने बानी पूर्ण रुपमा त्याग्न सल्लाह दिन्छन् ।

मोबाइल तपाईंको सुविधाका लागि मात्रै हाेइन, रोग संक्रमणको साथी पनि हुन सक्छ । बेलैमा सावधानी अपनाउनुहोस् र गलत बानी आजैदेखि त्यागिदिनुहोस् ।

ट्वाइलेटमा फोनबिना बस्नै सक्नुहुन्न भने, ‘स्पिरिट’ ले फोनलाई बारम्बार सफा गर्नुहोस् । यसका साथमा आफ्नो फोन नियमित रुपमा डिसइन्फेक्सन गर्नु राम्रो हुन्छ । टचस्क्रिनमा समेत सावधानीपूर्वक स्प्रे प्रयोग गर्न सकिन्छ ।

त्यस्तै ट्वाइलेटबाट आएपछि राम्रोसँग साबुनपानीले हात धोएर मात्रै आफ्नो फोन चलाउनु स्वास्थ्यका दृस्टिकोणले उत्तम हुन्छ । अरुको मोबाइल पनि हत्तपत्त छुने बानी त्याग्नु राम्रो हुन्छ ।

अनुसन्धानले हाम्रो फोनको स्क्रिनमा सबैभन्दा बढी ब्याक्टेरिया र यिस्ट लगायतका किटाणुहरु हुने देखाएको छ । यसकारण फाेनकाे समेत नियमित सरसफाइ गर्ने बानी बसाल्नुपर्छ ।

प्रकाशित : २०७८ वैशाख १ गते २१:५४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI