गण्डकी प्रदेश सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता : नयाँ मुख्यमन्त्रीमा नेपाली प्रस्ताव

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख २ गते १३:५२
गण्डकी प्रदेश सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता : नयाँ मुख्यमन्त्रीमा नेपाली प्रस्ताव

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का २८ प्रदेशसभा सदस्यले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

उनीहरुले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई नयाँ मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरेका छन् ।

यसैबीच आफूविरूद्ध अविश्वास प्रस्ताव आउने भएपछि मुख्यमन्त्री गुरूङले गए राति १२ बजेदेखि नै लागू हुने गरी गण्डकी प्रदेशको अधिवेशन अन्त्य गरिदिएका थिए ।

प्रकाशित : २०७८ वैशाख २ गते १३:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI