गण्डकी प्रदेश : प्रदेश सभाको विषेश अधिवेशन बोलाउन माग गर्दै समावेदन

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख २ गते १७:००
गण्डकी प्रदेश : प्रदेश सभाको विषेश अधिवेशन बोलाउन माग गर्दै समावेदन

पोखरा । गण्डकी प्रदेशसभाको बैठक बोलाउन माग गर्दै काँग्रेससहितका तीन दलले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष समावेदन निवेदन दिएका काँग्रेस सांसद विष्णु लामिछानेले जानकारी दिए ।

मुख्यमन्त्री गुरुङले एकाएक प्रदेशसभा अधिवेशन अन्त्य गरेपछि प्रमुख तीन दल काँग्रेस, माओवादी र जसपाको बैठक बसेर समावेदनमा जाने निर्णय भएको थियो ।

उसो त मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने भएपछि त्यसलाई छल्न गुरुङले बुधबार रातिको मिति राखेर अधिवेशन अन्त्यको घोषणा प्रमुखमार्फत गराएका थिए ।

मुख्यमन्त्री गुरुङलाई सरकार बचाइराख्न ३ सांसदको आवश्यकता थियो । तर ३ सांसद भएको राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिएर काँग्रेसलाई नै नयाँ सरकार बनाउन सघाउने नीति लिएपछि गुरुङ संकटमा परेका हुन् ।

जनमोर्चाको ग्रीन सिग्नलमा काँग्रेस, माओवादी र जसपाले आजै सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइसकेका छन् ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७ सांसद छन् भने काँग्रेस १५, माओवादी १२, जनमोर्चा ३ र जसपाका २ सांसद रहेका छन् ।

अविश्वासको प्रस्तावमा २८ सांसदको हस्ताक्षर रहेको छ भने जनमोर्चाले हस्ताक्षर नगरेपनि अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने बताइएको छ ।  ।

 

प्रकाशित : २०७८ वैशाख २ गते १७:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI