देवचुलीमा सवारी दुर्घटना : एक जनाको ज्यान गयो

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ३ गते ९:२७
देवचुलीमा सवारी दुर्घटना : एक जनाको ज्यान गयो

कावासोती । पुर्वी नवलपरासीको देवचुलीमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

देवचुली-२ हमाल चोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ७ ख २३५४ नम्बरको टिप्पर सँग सोही  दिशाबाट आउँदै गरेको लु २२ प ५७६७ नम्बरको मोटरसाइकलले ओभरटयाक गर्ने क्रममा  ठक्कर खादा मोटरसाइकल चालकको निधन भएको हो ।

दुर्घटनको देवचुली नगरपालिका–१४ बस्ने बर्ष ३५ को तिलक कुमार डिसुवाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा गएराति निधन भएको नवलपुर प्रहरीले जनाएको छ ।टिप्पर, टिप्पर चालक र मोटरसाइकल जिल्ला प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा रहेको छ ।

प्रकाशित : २०७८ वैशाख ३ गते ९:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI