क्युबाली कम्युनिस्ट नेता राउलले ८९ वर्षको उमेरमा नयाँ पुस्तालाई सत्ता हस्तान्तरण गरे

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ४ गते १४:४७
क्युबाली कम्युनिस्ट नेता राउलले ८९ वर्षको उमेरमा नयाँ पुस्तालाई सत्ता हस्तान्तरण गरे

हबाना: क्युबाका राष्ट्रपति एवं कम्युनिस्ट पार्टीका नेता राउल क्यास्त्रोले शासन नयाँ पुस्तालाई हस्तान्तरण गरेका छन् । क्युबामा फिडेल र राउल दाजुभाइको ६ दशकको शासनकाल यससँगै अन्त्य भएको छ ।

राउलले आफ्ना दाजु फिडेल क्यास्त्रोपछि देशको शासनसत्ता सम्हालेका थिए । राउलले यही शुक्रबार आफ्नो कम्युनिस्ट पार्टीका युवा पुस्तालाई शासन सुम्पिने घोषणा गरेका हुन् ।

पार्टीको चारदिने कार्यक्रमलाई सम्बोधन गर्दै ८९ वर्षीय राउलले आफ्नो पार्टीको नयाँ नेतृत्व पार्टीप्रति वफादार र साम्राज्यवादविरोधी भावनाले ओतप्रोत भएको प्रतिक्रिया दिएका थिए ।

क्युबामा सत्तारुढ कम्युनिस्ट पार्टीको महाधिवेशन हरेक ५ वर्षमा हुने गर्छ । र उक्त अधिवेशनले नीति समीक्षा गर्नुका साथै नेतृत्व चयन गर्छ । यसअघि २०१६ मा महाधिवेशन भएको थियो ।

सोभियत संघको पतनपछि क्युबाका नयाँ नेतृत्वले खराब आर्थिक संकटको सामना गर्नुपरेको छ । जुन संकटले गर्दा क्युबाली युवाहरुमा निराशा र आक्रोश पैदा गरिदिएको बताइन्छ ।-एजेन्सी

प्रकाशित : २०७८ वैशाख ४ गते १४:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI