हथौडाले हिर्काएर भान्जाको हत्या

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ४ गते १५:१८
हथौडाले हिर्काएर भान्जाको हत्या

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकामा एक मामाले आफ्नै भान्जाको हत्या गरेका छन् ।

अन्दाजी १८ वर्षीय नारायण भुलले दोगडाकेदार गाउँपालिका–३ सिल्लेगाडाका अन्दाजी १५ वर्षीय महेस भुलको टाउकोमा हथौड़ाले हिर्काएर आज हत्या गरेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नारायण प्रशाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार नारायण भुल देहिमाण्डौका हुन् । नारायण भुललाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ, भने थप अनुसन्धान भइरहेको भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित : २०७८ वैशाख ४ गते १५:१८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI