डेब्यु खेलमा कुशलको अर्धशतक

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ४ गते १५:४९
डेब्यु खेलमा कुशलको अर्धशतक

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालका कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन् ।

शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्सले दिएको १३६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका लागि ओपनरमा आएका उनले अर्धशतक बनाएका हुन् ।

३० बल खेलेका कुशलले पाँच चौका र चार छक्काको सहयोगमा ५० रन बनाए । डेब्यु खेलमै उनले सफल पारी खेलेका छन् ।

प्रकाशित : २०७८ वैशाख ४ गते १५:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI