दाउन्ने दुर्घटना अपडेट : ३१ जना घाईते, तीन जनाको अवस्था गम्भीर

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ४ गते २०:०४
दाउन्ने दुर्घटना अपडेट : ३१ जना घाईते, तीन जनाको अवस्था गम्भीर

कावासोती । पुर्वी नवलपरासीको दाउन्नेमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छ्न ।

पुर्व पश्चिम राजमार्गको बुटवल नारायणघाट सडकखण्डको दाउन्ने बजार नजिक भएको दुर्घटनामा घाइते मध्य ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका डिएसपी दिलिपकुमार गिरीले बताए ।

घाईते मध्ये सामान्य घाइते ५ जनाको दुम्किबास स्थित स्थानीय मेडिकलमा, २३ जनाको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको र गम्भीर घाइते ३ जनालाई थप उपचारको लागि चितवनको भरतपुर पठाईएको गिरीले बताए ।

पूर्व पश्चिम राजमार्गमा पश्विमबाट पूर्व तर्फ आउदै गरेको  ना.५ ख. ७००० नं.को बस आफै अनियन्त्रित भई सडक देखि अन्दाजी २०० मिटर तल खसेको थियो । दुर्घटना भएको बसमा ३१ जना यात्रु रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित : २०७८ वैशाख ४ गते २०:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI