ओलिपथको उग्ररुप गण्डकी प्रदेशमा पनि देखियो- नेता नेपाली

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ४ गते २१:३१
ओलिपथको उग्ररुप गण्डकी प्रदेशमा पनि देखियो-  नेता नेपाली

अजय पौडेल/गैंडाकोट ।नेपाली काङ्ग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले ओलिपथको उग्ररुप गण्डकी प्रदेशमा पनि देखिएको बताएका छ्न ।

नेपाली काङ्ग्रेस गैंडाकोट ५ ले आयोजना गरेको मित्रमिलन तथा बनभोज कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालीले रातारात संसद अधिबेशन अन्त्य गर्नु नै केन्द्र सरकारको सिको भएको बताउदै मुख्यमन्त्री संसदबाट भागेको बताए ।

काङ्ग्रेसले बिगत देखि नै देशको जिम्मेवारी बहन गर्दै आएको र परि आएको जिम्मेवारी पूरा गर्ने बताउदै नेता नेपालीले दुई तिहाइ बहुमत प्राप्त सरकारले गरेको कामलाइ प्रतिपक्षमा बसेर नियालिरहेको र अब काधमा जिम्मेवारी लिनु पर्ने बेला आएको बताए । देशको इतिहास हेर्दा काङ्ग्रेस बाहेक अरु कसैले पनि निकास दिन नसकेको उनको तर्क रहेको थियो  ।

प्रकाशित : २०७८ वैशाख ४ गते २१:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI