पुस्तक व्यवसायी गण्डकी प्रदेशको अध्यक्षमा लिलाराम गाैतम निर्वाचित

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ४ गते २१:४३
पुस्तक व्यवसायी गण्डकी प्रदेशको अध्यक्षमा लिलाराम गाैतम निर्वाचित

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेश समितिकाे अध्यक्षमा लिलाराम गाैतम निर्वाचित हुनु भएकाे छ । म्याग्दीकाे बेनिमा भएकाे तेस्राे साधारण सभा तथा दाेस्राे अधिवेशनमा लिलाराम गाैतमलाई अध्यक्षमा निर्वाचित गरिएकाे हाे । अध्यक्ष बाहेक अरू सबै पदमा सर्वसम्मत भएकाे थियाे । अध्यक्ष पदमा माग्दीका लिलाराम गाैतम र कास्कीका जगदीश गाैतम बिच चुनावी प्रतिष्पर्धा भएकाे थियाे । खसेकाे ९७ मत मध्ये ६९ मत पाएर लिलाराम गाैतम विजयी भएका भएका हुन् । अध्यक्षका प्रत्यासी जगदिश गाैतमले २७ मत प्राप्त गरेका थिए । सर्वसम्मत निर्वाचित हुनेहरूमा बरिष्ठ उपाध्यक्षमा नवलपुरबाट देवलाल काफ्ले, स्याङ्जाबाट द्वितिय उपाध्यक्षमा रामचन्द्र नेपाल , सचिवमा कास्कीबाट कृण्ण प्रसाद पाेख्रेल, लमजुङ्गबाट काेषाध्यक्षमा ताराराज घले, गाेरखाबाट सहसचिवमा प्रदिप खनाल सर्वसम्मत भएका हुन् । त्यसैगरी सदस्यहरूमा अग्निधर लुईटेल, मिलन गार्खाली, धन बहादुर अधिकारी, शम्भू अधिकारी, तिलकराम शर्मा, ज्ञानहरि सापकाेटा, थानेश्वर सुवेदी, जनकराज पन्त, सरस्वती भण्डारी, छायाँदेवि लुईटेल गरी २३ सदस्सीय प्रदेश समिति चयन भएका छन् ।
माग्दीकाे बेनिबजारमा रहेकाे जिल्ला समन्वय समितिकाे सभा हलमा सम्पन्न भएकाे अधिवेशनमा गण्डकी प्रदेशकाे मुस्ताङ जिल्ला बाहेक १० जिल्लाका करिब ११० जना प्रतिनिधि/पर्यवेक्षक रहेका थिए । अधिवेशनमा गण्डकी प्रदेशकाे उत्कृष्ट जिल्लाकाे रूपमा नवलपुर, कास्की र तनहूँ सम्मानित भएका थिए । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, गण्डकी प्रदेशका अध्यक्ष दुर्गा कुमार श्रेष्ठकाे अध्यक्षता र जिल्ला समन्वय समिति, म्याग्दी जिल्लाका प्रमुख देवेन्द्र बहादुर के सी. काे प्रमुख अातिथ्यतामा सम्पन्न भएकाे थियाे ।

प्रकाशित : २०७८ वैशाख ४ गते २१:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI