दाउन्ने दुर्घटना अपडेट : घाइते मध्ये ३ जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ४ गते २३:२२
दाउन्ने दुर्घटना अपडेट : घाइते मध्ये ३ जनाको मृत्यु

कावासोती  । पुर्वी नवलपरासीको दाउन्नेमा बस दुर्घटना हुँदा घाइते भएका ३१ जना मध्ये ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा ईलाम घर भएकी अन्दाजी २५ वर्षकी धनु दर्लामी, मकवानपुर बकाया गा.पा.-५ घर भई हाल विनयीत्रिवेणी गा.पा.-२ दाउन्ने स्थित गुम्बामा बस्ने अन्दाजी ५७ वर्षकी ज्यामो हिसे छमो ग्याल्मो र भरतपुर महानगरपालिका -२५ बस्ने बर्ष  ७२ को हिमलाल न्यौपाने रहेका जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका डिएसपी दिलिपकुमार गिरीले बताए ।

गिरीका अनुसार दुर्घटना परी घाइते भएका मध्ये २ जनाको चितवन स्थित पुरानो मेडिकल कलेज र एक जनाको मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा उपचारको क्रममा निधन भएको हो । दुर्घटनामा घाईते अन्य २८ जनाको अवस्था चिन्तामुक्त रहेको प्रहरीले जनाएको छ ।

पूर्व पश्चिम राजमार्गमा पश्विमबाट पूर्व तर्फ आउदै गरेको  ना.५ ख. ७००० नं.को बस आफै अनियन्त्रित भई सडक देखि अन्दाजी २०० मिटर तल खसेको थियो । दुर्घटना भएको बसमा ३१ जना यात्रु रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ वैशाख ४ गते २३:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI