No ads found for this position

 नेपाली काँग्रेस गैँडाकोट ५ को कार्यक्रम सम्पन्न,पार्टीमा एकता र विश्वासको खाँचो रहेको नेता पाण्डेको जिकिर 

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ५ गते ७:३६
No ads found for this position
 नेपाली काँग्रेस गैँडाकोट ५ को कार्यक्रम सम्पन्न,पार्टीमा एकता र विश्वासको खाँचो रहेको नेता पाण्डेको जिकिर 
No ads found for this position

गैंडाकोट । नेपाली काँग्रेसका केन्द्रिय सदस्य बद्रि पाण्डेले पार्टीमा एकता र विश्वासको खाँचो रहेको बताउनुभएको छ । नवबर्ष २०७८ को अवसरमा नेपाली काँग्रेस गैँडाकोट ५ को शुभकामना आदान प्रदान एवं मित्रमिलन कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । संख्यामा काँग्रेस धेरै तर चुनावमा हानुपर्दा पार्टी भित्र नै विश्वास कम हँुदै गएको बताउँदै आगामी दिनमा यसलाई सुधार गदैँ पार्टीप्रती सबै वफादार हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्रीमा प्रस्तावित, नेपाली कांग्रेस प्रतिपक्ष दलका नेता कृष्ण चन्द्र नेपालीले नेपाली काँग्रेस हरेक समस्याको समाधान र निकास दिने पार्टी रहेको बताउनुभएको छ । उहाले लोकतान्त्रवादी हुन गाह्रो रहेको बताउँदै कम्युनिष्ठ पार्टीले लोकतन्त्रको भाषण गरेपनी व्यवहारमा ल्याउन नसकेको आरोप लगाउनुभयो । साथै उहाँले सबैले साथ दिए गण्डकी प्रदेशको मुख्यमन्त्रि काँग्रेस हुने पनि बताउनुभएको छ ।

त्यस्तै नेपाली काँग्रेस नवलपुरका जिल्ला सभापती एवम् प्रदेश सांसद बिष्णुप्रसाद लामिछानेले संगठनलाई अब विकास र सेवासगँ जोड्नु पर्ने बताउनुभयो । नेपाली काँग्रेसलाई बलियो बनाउने हो भने युवा पुस्तालाई अवसर दिनुपर्ने उहाँको भनाई छ ।

कार्यक्रममा संविधानसभा सदस्य महेन्द्रध्वज जिसीले नेपाली कांग्रेस नाममा मात्र नभई व्यवहारमा पनि हुन आवश्यक रहेको बताउनुभयो । नेपाली काँग्रेस एक भएको भए गैँडाकोटमा काँग्रेस नहार्ने उहाँको भनाई थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाली काँग्रेस गैँडाकोट वडा नम्बर ५ का वडा सभापती गोविन्दप्रसाद घिमिरेले नेपाली काँग्रेस गरिब दुःखि र असाहायको पार्टी भएको बताउनुभयो । उहाँले नेपाली काँग्रेसले जे गर्छ त्यो मात्र बोल्ने गरेको बताउनुभयो । गैँडाकोट वडा नम्बर ५ लाई जिल्लाकै नमुना वडा बनाउने बताउनुभयो ।

शनिबार जयश्री सामुदायिक वनको वनभोज स्थलमा कार्यक्रम सम्पन्न भएको हो । नेपाल महिला संघका जिल्ला कोषाध्यक्ष शान्ति न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम नेपाली काँग्रेस वडा कार्यसमिति गैँडाकोट ५ का सचिव लक्ष्मण कंडेलले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा उल्लेख संख्यामा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताको उपस्तिथि रहेको थियो भने सोही अवसरमा विभिन्न कलाकारहरुले सास्ंकृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रकाशित : २०७८ वैशाख ५ गते ७:३६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI